गर्भवती भएकै कारण जागीरमा प्रमोशन रोकिएपछि... 



Download our app to get more features

बीबीसी,५ फागुन । गर्भवती भएकै कारण भारतमा एक  प्रहरी महिलामाथी प्रमोशन रोकिएको छ ।

भारतको रिजर्व पुलिस बल अर्थात सीआरपीएफमा तैनाथ शर्मीला यादवलाई गर्भवती भएको कारण देखाउँदै प्रमोशन रोकिएको समाचार सार्वजनिक भएको हो । सन २००९मा शर्मीला सीआरपीएफमा कन्स्टेबल पदमा भर्ती भएकी थिइन् । त्यसपछि उनी असिस्टेन्ट सव इन्स्पेक्टर पदका लागि दिएको परीक्षामा उर्तीण भएकी थिइन् । 

प्रमोशनको सूचि सन २०११ मा मात्र सर्वजनिक भयो तर शर्मीलाको नाम हटाइयो । उनलाई मेडिकल फिट नभएको श्रेणीमा राख्दै सूचिबाट हटाइयो किनकी उनी गर्भवती थिइन् । जब शर्मीलाले आफूमाथि अन्याय भएको भन्दै यसको विरोध गरिन् तब उनलाई प्रमोशन त दिइयो तर एक वर्ष ढिलो गरी अर्को वर्षका लागि । 

१ वर्ष ढिलाइ गरिदिएका कारण उनीभन्दा जुनियर सिनियर हुन पुगे । त्यसपछि शर्मीला लगातार उनले आफ्नो विभागबाट न्याय पाउनका लागि कोशिस गरिरहिन् तर कहि कतै सुनवाई भएन् । उनका वकिल अकुंर छिब्बरका अनुसार उनलाई हरेक तवरले पन्छाउन मात्र खोजियो न्याय दिइएन । अहिले यो घटना भारतको हाइकोर्टमा पुगेको बीबीसीले उल्लेख गरेको छ । शर्मीलाका वकिलले गर्भवती महिला शारीरिक रुपमा  अक्षम भएका हुदैनन् तर मेडिकल अनफिटको श्रेणीमा किन राखियो? मेडिकल अनफिट हुनका लागि त शारीरिक अंगभङग हुनुपर्ने वा गम्भिमर रोग लाग्नुपर्ने हो यहि विषयलाई कोर्टमा पनि जोडतोडले उठाउने बताएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts