मौषम परिवर्तन हुँदै गर्दा संक्रमणबाट यसरी बचौं 



Download our app to get more features

जाडो मौषम सकिएर विस्तारै गर्मी मौषमको शुरुवात हुने क्रम छ ।

यो बेला रुघाखोकी, भाइरल जस्ता समस्याले धेरैलाई सताउने गर्दछ । कहिले जाडो त कहिले गर्मी हुने गर्दा मानिसहरु बिरामी पर्ने गर्दछन. । यस्तो मौषममा स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुने गर्दछ । आउनुहोस् मौषम परिवर्तन हुनै लाग्दा आफु कसरी स्वस्थ हुने भन्ने बारेमा चर्चा गरौं ।

पटक– पटक हात धोऔं
यो मौषम भनेको भाइरलले छिट्टै आक्रमण गर्ने मौषम भएका कारण आफ्ना हात पटक–पटक धुने गरौं । जसले तपाईलाई संभावित संक्रमणबाट बचाउन सक्दछ । घरमा बसिरहँदा पनि हात धोइरहने गरौं, अझ बाहिरबाट घरभित्र पस्दा त मिचिमिची आफ्ना हात गोडा साबुन पानीले धुनै पर्दछ

हर्बल टी उत्तम
छाला सम्बन्धी समस्याबाट बच्नका लागि हर्बल टी लाभदायक मानिन्छ । यसका लागि तुलसी, मह, पुदिना, ल्यवाङ तथा कालो मरिच मिश्रित चिया पिउनु उपयुक्त हुनछ । यी भन्दा बाहेक अदुवा, जीरा तथा सख्खरलाई एक गिलास पानीमा उमालेपछि छानेर पिउँदा निकै फाइदा

रातमा लसुन खानुहोस्
यो मौषममा हुने स्वास्थ्य समस्याबाट बच्नका लागि लसुन पनि औषधी हो । यसको लागि लसुनका दुइवटा कलिलाई राति सुत्नुभन्दा अगाडि खाएमा फाइदा गर्दछ । तर याद गर्नुहोस्, लसुन खाएपछि पानी भने पिउनु राम्रो होइन् । 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-02-22 12:17:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts