रेडियो प्रस्तोताले लाइभ शो मै बच्चा जन्माएपछि....



Download our app to get more features

बीबीसी,१० फागुन । अमेरिकामा एक रेडियो प्रस्तोताले लाइभ शो गर्दै आफ्नो बच्चालाई जन्म दिएकी छिन् ।

क्यासेड प्राक्टर नाम गरेकी ति रेडियो प्रस्तोतालाई  अमेरिकाको सेट लुईसमा रहेको 'दि आर्क' स्टेशनले यस्तो विशेष शोको व्यवस्था मिलाइदिएको हो । गत सोमबार प्रशव पीडा शुरु भएपछि अस्पतालभित्र नै रेडियोको लाइभ सोको व्यवस्था मिलाइएको बीबीसीले लेखेको छ ।

बीबीसीसँगको कुराकानीमा प्राक्टरले भनिन्–मेरा लागि यो निकै शानदार अनुभव हो । डेलिभरी तोकिएको मिति भन्दा अगाडि नै प्रशव पीडाले च्यापेपछि सबै तयारी हतार हतारमा गर्नुपरेको उनको भनाई छ । उनी भन्छिन्–आफ्नो जीवनको यति महत्वपूर्ण पल श्रोतासँग साट्न पाउन मेरा लागि भाग्यको कुरा हो,मैलै जीवनैे उत्कृट अनुभव गरिरहेकी छु ।

प्राक्टरका अनुसार बच्चालाई लाइभ सोमा जन्म दिनु उनको कार्यकै विस्तार हो । जुन उनी हरेक दिन गर्ने गर्दछिन् । उनी भन्छिन्–म आफ्नो जीन्दगीको हर पलहरु आफ्ना श्रोतासँग बाड्ने गरेकी छु । उनको बच्चाको नाम श्रोताहरुको रायमा 'जेमन' राखिएको छ । 

Last modified on 2018-02-22 10:32:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts