यौन सम्पर्कका क्रममा यस्ता क्रिया गरे पनि माफी माग्नु पर्दैन



Download our app to get more features

जीवनमा केही यस्ता अप्ठयारा अवस्था हुन्छन् जसका लागि तपार्इंले कहिल्यै पनि माफी माग्नु पर्दैन । त्यस मध्येको एक हो ‘सेक्सुएलिटी’ अर्थात यौन क्रियामा हुने तपार्इंको रुची र अरुची । तपाईंलाई यहाँ यौनसँग जोडिएका पाँच अवस्थाका बारेमा जानकारी दिइदैछ जसका लागि तपार्इंले दुःख मनाउ वा खेद प्रकट गर्नु पर्दैन ।

यौन सम्पर्कका लागि पहल गर्नु
यदि तपाई यौन सम्पर्कका लागि पहल गर्नुहुन्छ वा आफ्नो यौन पार्टनरसँग ओछ्यानमा भएको बेला आफै ‘एक्टिभ’ हुनुहुन्छ भने यो विषयलाई लिएर जिन्दगीमा कहिल्यै पनि दुःख मान्नु पर्दैन । यस विषयमा यो खराब हो गल्ती गरिस् भनेर तपार्इंमाथि औंला उठाउने हक कसैमाथि पनि हँुदैन् ।
यौन सम्पर्कका क्रममा ‘फस्ट मुभ’ लिनका लागि निकै हिम्मत हुनुपर्छ । यस्तो हिम्मत सबैले गरिहाल्छन् भन्ने हुँदैन् । अतः यौन सम्पर्कको पहल गर्न सकेकोमा गर्व गर्नुहोस् न कि हिनताबोध । 

सेक्स टोयको प्रयोग
यौनक्रियालाई मस्तीले भरपुर बनाएर रमाइलो गर्नुमा के गलत छ ? ओछ्यानमा सेक्स टोय प्रयोग गरेर जीवनको मज्जा लुटिरहनुभएको छ भने यसमा पनि पछुतो मान्नुपर्ने कुनै जरुरत छैन् ।
तपाईका कारणले कसैलाई कुनै चोट वा हानी पुगिरहेको छैन् बरु सुरक्षित यौन अनुभुति भइरहेको छ भनेर खुशी हुनुहोस्, दुःखी पटक्कै हुनुपर्दैन ।

यौन पार्टनरलाई निर्देशन दिनु
कयौं पटक यौन क्रियाकलापका क्रममा तपार्इंको यौन पाटर्नर यताउता जान सक्छ सो अवस्थामा पाटर्नरलाई सही ट्रयाकमा ल्याउनुमा कुनै प्रकारको दुःख मान्नु पर्दैन ।
कहिलेकाही पार्टनरलाई यौनका क्रममा यो गर वा यसो नगर भन्ने निर्देशन दिनु पनि तपाईंको जीवनमा पछुताउनु नपर्ने पल हो । यसले दुबैलाई खुशी र आनन्द दिन मद्दत गर्छ । यसमा लज्जाको कुनै विषय छैन् ।

केही गर्ने इच्छा
हुन सक्छ तपाईंले पाटर्नरसँगको यौनका क्रममा आफ्नो रुची बेगर पनि केही त्यस्ता क्रियाकलाप गरेको होस् । यसलाई लिएर चिन्तित वा दुःखी हुनुपर्दैन् । यसले तपाईंको पाटर्नरलाई खुशी दियो यसमै रमाउनुहोस् । यदि तपार्इंलाई अरुचीका विषय गर्न मन छैन् भने नगर्नुहोस यौनक्रियामा देखावटी भन्दा पनि वास्तविकता हुनुपर्छ । 

तपार्इं पनि चरम अवस्थामा पुग्नुहोस् 
यौनक्रिया त्यतिबेला पुरापुर सफल हुन्छ जतिबेला दुबै पाटर्नर पूर्णरुमा चरम उत्कर्षमा पुग्छन् । तर, कुनै कारणवंश तपार्इं चरम उत्र्कषमा पुग्न सकिरहनुभएको छैन् भने तपाई के चाहनुहुन्छ भन्ने कुरा पार्टनरलाई स्पष्ट भन्न नहिचकिचाउनुहोस् । 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-03-03 14:43:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts