सुडानमा मस्तिष्क ज्वरोले २८ को ज्यान लियो 



Download our app to get more features

जुबा, २४ फागुन (रासस÷सिन्ह्वा) :दक्षिण सुडानको पूर्वीय भूमध्य भागमा पर्ने राज्यमा फैलिएको मस्तिष्क ज्वरोका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार दिएको जानकारीअनुसार मस्तिष्क ज्वरोबाट प्रभावित हुनेको संख्या हाल १०७ पुगेको छ । केही दिनदेखि फैलिँदै गएको रोगको प्रकोप नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या अझ बढ्ने खतरा रहेको डब्लूएचओको आपतकालीन, र सहायता प्राविधिक अधिकृत रमादान ओटीमले बताए ।  

अहिले इमाटोङ प्रदेशको तोरिट जिल्लामा पर्ने लिरे र इमुरोक पायाममा मस्तिष्क ज्वरोको प्रकोप बढी फैलिएको बताइएको छ । पायाम भन्ने ठाँउ त्यस जिल्लाको दोस्रो ठूलो प्रशासनिक केन्द्र मानिन्छ । “हामीलाई प्राप्त विवरणअनुसार अहिलेसम्म मस्तिष्क ज्वरोका कारण २८ जनाको मृत्यु भएको र १०७ जना बिरामी भएका छन्, यी घटनाहरू टोरिटको लिरे र इमुरोक पायाममा भएका हुन्,” ओटीमले भने ।  

रोग प्रभावित ठाँउहरूमा रोगका बारेमा अनुसन्धान गर्न, पहिचान गर्न र त्यसका विरुद्धमा रोकथामका उपायहरू अपनाउन विभिन्न टोलीहरू पनि खटाइएको उनले बताए । दक्षिण सुडान जस्तै अरू २६ वटा अफ्रिकी मुलुकलाई पनि ‘मस्तिष्क ज्वरोको इलाकाको रूपमा चिनिन्छ । ती देशहरूमा यस्ता सरुवा रोगहरूका कारण हरेक वर्ष धेरै जनाको मृत्यु हुने गरेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts