यौन सम्पर्कपछि यस्ता अनौठा अनौठा व्यवहार देखाउँछन दम्पत्ति 



Download our app to get more features

एजेन्सी ।  यौनसम्पर्क पश्चात्त पनि दम्पति (जोडी) बीच मिठा कुराकानी गर्नेको दाम्पत्य जीवन अझै सुमधुर भएको विभिन्न अध्ययनले देखाएका छन् । कतिपय दम्पतिको चाहना पनि यौन सम्पर्क पश्चात पनि एक अर्काले अझै कसिलो अंकमाल गरे हुन्थ्यो, एक अर्कालाई हेरेर मुस्कुराए हुन्थ्यो भन्ने चाहना राख्छन् । तर, सबैमा यो नियम लागू नहुने भारतको नवभारत टाइम्स पत्रिकाले गरेको एक अध्ययनले देखाएको छ । 

अध्ययनका अनुसार सधै यौन सम्पर्कपछि सम्बन्ध रामाइलो नै हुन्छ भन्ने हुँदैन । यौनसम्पर्कपछि जोडीहरू के काम गर्छन् तथा कस्ता कुराकानी गर्छन भन्ने बारेमा नवभारत टाइम्सले हालै गरेको अध्ययनमा समावेश केही दम्पतिका अनुभव जस्ताको त्यस्तै समेटिएको छ । 

जोडी नम्बर—१
ओछ्यानमा मेरो पर्फमेन्स कस्तो थियो ?
जब हामीले पहिलोपटक यौनसम्पर्क ग¥यौ त्यसपछि मेरो ब्याइफ्रेण्ड (अहिले पति) एकदमै चुपचाप बसेका थिए । त्यतिबेला मलाई लागेको थियो की उनी केही गम्भीर कुरालाई लिएर मौन छन् ।
सोही दिन जब हामी आ–आफ्नो घरतिर लाग्यौं उनले मलाई मोबाइलमा म्यासेज गरेर सोधे की ओछ्यानमा मेरो पर्फमेन्स कस्तो थियो ? त्यसपछि मलाई हाम्रो सम्बन्ध बीचमै टुट्ने हो की भन्ने एक दमै पीर पर्न थालेको थियो । आजभोलि हामी हाम्रो पहिलो यौनसम्पर्कका बारेमा बेला–बेलामा सम्झिन्छौं अनि खुब हास्छौं ।

जोडी नम्बर—२
तिम्री आमासँग मेरोे झगडा पर्यो 
यौन सम्पर्कपछि मेरी पत्नी (भर्खरै बिहे भएको थियो) रुन लागिन् । उनी निकै रिसाएकी थिइन् र किन रोएको विषयमा भन्न तयार नै थिइनन् । पछि उनले सबै कुरा बताइन् । केही दिन पहिला मेरी आमासँग उनको ठाकठुक परेको रहेछ यही कुरा बताउन नसकेर उनी रोएकी रहिछिन् । 

जोडी नम्बर—३ 
मेरो वास्तविक नाम अर्कै छ 
एक पटक नचिनेको एक केटीसँग मैलै यौन सम्पर्क गरेको थियो । हामीले त्यो रात झण्डै ४० मिनेट जति आफ्ना बानी व्यहोरा, पढाइका बारेमा खुब कुरा गर्यौ । त्यो बेला उनले आफ्नो बारे सबै कुरा खुलस्त पारिन । जब हामीहरूले यौनसम्पर्क गरिसक्यौ त्यसपछि केटीले अघि बताएका सबै परिचय झुठो भएको बताइन । उनले वास्तविक नाम अर्के भएको बताइन । त्यो घटना बिर्सनै सक्दिन । 

जोडी नम्बर—४
तिम्रो राजनीतिक सोच मलाई राम्रो लागेन
यो कुरा सुन्दा अचम्म लाग्ला की एक पटक यौनसम्पर्क सकिए लगत्तै मेरा पतिले राजनीतिक गफ सुरु गरे । कुरा गर्दै जाँदा राजनीतिक चर्चा बहसमा परिणत भयो । त्यसपछि थाहा भयो हाम्रो विचार धेरै अलग–अगल रहेछ । परिस्थिती यति बिग्रियो की श्रीमानले मलाई जोड–जोडले हकार्दै तिम्रो राजनीतिक सोचप्रति मलाई घृणा छ भने । त्यसपछि धेरै दिनसम्म हाम्रो बोलचाल नै भएन । 

जोडी नम्बर—५
तिमी तत्काल मेरो कोठाबाट गइहाल
हामीबीच मेरो होस्टेलको कोठाभित्रै शारीरिक सम्बन्ध भयो । मेरी रुम पार्टनर पढाइ सकेर फर्किने बेला हुनै लागेको थियो । यसकारण पनि मैले मेरो पार्टनरलाई तत्काल कोठाबाट निस्केर जान भने । यतिसम्म की राम्रोसँग बाई समेत भनिन । उसलाई मेरो अनौठो व्यवहार देखेर आश्चर्य लागिरहेको थियो । पछि मैलै सबै सत्य कुरा भनेपछि उ कन्भिन्स भयो । 

जोडी नम्बर—६ 
मेरा लागि तुरुन्त खाना बनाइदेऊ
यो सुन्दा पनि लज्जाबोध हुन्छ । पतिसँगको एकपटकको यौनसम्पर्कपछि मलाई यति आलश्यता आयो कि मलाई विस्तारा छाडेर हिड्नै मन लागेन । यसकारण मैले जबरजस्ती उनलाई भान्साकोठामा पठाइदिए मेरा लागि केही खानेकुरा बनाएर ल्याउ भनेर । बिचरा मेरो पतिले बिहानको ३ बजे मेरा लागि अमलेट बनाएर ल्याए । 

(नवभारत टाइम्सबाट)

 


 

Last modified on 2018-03-10 11:20:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts