अभिनेता इरफान खानले गरे आफू दुर्लभ रोगबाट पीडित भएको खुलासा



Download our app to get more features

बीबीसी,२६ फागुन । बलिउडका चर्चित  अभिनेता इरफान खान दुर्लभ प्रकारको रोगबाट पीडित भएको समाचार बाहिर आएको छ । 

इरफानले ट्वीटरमार्फत आफूलाई दुर्लभ रोग लागेको जानकारी दिएका छन्। साथै आफ्नो रोगको बारेमा अट्कल नलगाउन आग्रह गर्दै बरु छिट्टै निको होस भनी प्रार्थना गर्न प्रशंसकहरुलाई आग्रह गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार इरफानले आफू मेडिकल जाँच रिपोर्टको प्रतिक्षा गरिरहेको भन्दै रिपोर्ट आएपछि फ्यानलाई थप जानकारी गराउने पनि स्पष्ट पारेका छन्।१३ वर्षअघि ‘रोग’ नामक फिल्मबाट बलिउडमा डेब्यु गरेका ५१ वर्षीय इरफानलाई दुर्लभ रोगले समातेको समाचार आएसँगै यो संयोगप्रति प्रशंसकहरु आश्चर्यचकित भएका छन् । 

Last modified on 2018-03-10 08:48:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts