गर्भावस्थामा बान्ता हुनबाट कसरी बच्ने



Download our app to get more features

आमा बन्नु प्रत्येक महिलाका लागि खुसिको कुरा हो । तर, गर्भावस्थामा आमाले आफ्नो र बच्चाको ख्याल राम्ररी राख्नु बढी आवश्यक हुन्छ । गर्भावस्थामा धेरै यस्ता कुरा हुन्छन् जसलाई ध्यान दिनु बच्चा र आमाको स्वास्थ्यको लागि राम्रो मानिन्छ । गर्भवति भएपछि गर्भावस्थाका विभिन्न लक्षणहरु देखापर्छन । ती लक्षणमध्ये एक हो गर्भवति भएको सुरुको दिनहरुमा बान्ता हुनु । धेरै नै बान्ता भयो भने खाना खान मन नलाग्ने हुन्छ । तर, त्यसका लागि केहि कुराहरुमा ध्यान दिएर यो समस्याबाट राहत पाउन सकिन्छ ।

गर्भावस्थाका सुुरुका दिनमा बान्ता हुनबाट बच्ने केहि उपायः 

♦ चनालाई भुटेर बनाइएको सातुलाई पानीमा नुन वा चिनि मिसाएर पिउने । 

♦ खाना खाइसकेपछि ज्वानो खान बिर्सनु हुँदैन । ज्वानो खानाले बान्ता हुँदैन र खाना पनि चाँडै पच्ने हुन्छ । 

♦ बान्ता हुने अनुभव भयो भने अदुवा सुघ्ने । यसले बान्ता हुनबाट रोक्छ । 

♦ धेरै नै बान्त्ता हुन्छ भने दिनमा दुई देखि तीन पटक अमलाको मुरब्बा खाने । यसले बान्ता हुँदैन ।

♦ धेरै चिल्लो, पिरो र एकैपटकमा अत्यधिक पानी पिउनु हुँदैन ।

यो पनि 
गर्भावस्थामा बान्ता रोक्ने सबैभन्दा सजिलो उपाय भनेको चामललाई सफा पानीमा भिजाएर राख्ने र आधि घन्टापछि त्यसमा धनियाको पातलाई पिनेर मजाले मिसाउने र त्यो पानीलाई छान्ने । चामल र धनिया मिसिएको पानी दिनमा दुई देखि तीन पटक पिउनाले धेरै नै राहत हु्न्छ । त्यति मात्र नभई भान्छामा कागती सजिलै उपलब्ध हुन्छ । कागतीको रस र मह पानीमा मिसाएर पिउनाले पनि बान्ता हुँदैन ।

(वेभ एमडी मेडिकल)

Last modified on 2018-03-13 13:42:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts