लापर्वाहीको चरम नमूना : काटिएको खुट्टा बिरामीलाई शिरानी



Download our app to get more features

बीबीसी,२९ फागुन । भारतको उत्तरप्रदेश स्थित एक अस्पतालमा लापर्वाहीको चरम नमूना बाहिर आएको छ ।

त्याहाँको 'लक्ष्मीबाई मेडिकल कलेज'मा एक सुतिरहेका बिरामीलाई शिरानी लगाइदिनुको सट्टा उनकै काटिएको खुट्टा सिरान हालिदिएको समाचार र तस्विर अहिले आगो जस्तै फैलिइएको छ । एक दुर्घटनामा गम्भिर घाइते हुँदा आफ्नो खुट्टा नै काटेर फाल्ने अवस्थामा पुगेका घनश्यामलाई उक्त अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो र त्यहाँ उनको खुट्टा डाक्टरहरुले काटेर अलग गरिदिएका थिए ।

उनको शल्यक्रियापछि काटिएको खुट्टा बिरामीलाई शिरानी लगाइदिएकोे देखेपछि परिवारजन चकित भएका थिए । त्यसलगत्तै घनश्यामका आफन्त तथा अन्य बिरामीहरुले अस्पतालमा खैला बैला शुरु गर्न थाले ।

यो घटनाले उग्र रुप लिएपछि अस्पताल प्रशासनले घटनाको जाँच गर्न आदेश दिएको छ । मेडिकल कलेजकी प्रधानाध्यापक डा.साधना कौशिकका अनुसार घटनाको जाँचका लागि ५ सदस्यीय समिति गठन गरिएको छ र रिपोर्ट आएपछि कार्वाही प्रक्रिया अगाडि बढाइने छ ।अस्पतालका मुख्य चिकित्सक अधीक्षक डाक्टर हरीश आर्याका अनुसार शल्यक्रियामा सामेल सबै चिकित्सकहरुलाई तत्कालका लागि निलम्वन गरिएको छ । 

Last modified on 2018-03-13 13:30:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts