मध्यान्ह १२ देखि २ बजेसम्मको घाम निकै हानिकारक



Download our app to get more features

एजेन्सी,३० फागुन । दिनको १२ बजेदेखि २ बजेसम्मको घाम स्वास्थ्यको लागि खतरनाक हुने एक अध्ययनले देखाएको छ ।

सूर्यको किरणमा  रहेका अल्ट्राभाइलट अर्थात यूभी किरण सबैभन्दा बढि यहि बेला सक्रिय हुने भएकाले त्यसको सोझो प्रभाव स्वास्थ्यमा पर्ने गर्दछ । भारतको एम्स आर पी सेन्टरकी डा.राधिका टण्डनका अनुसार सूर्यका किरणको सबैभन्दा सक्रियता यहि बेला हुने गर्दछन् ।

हुन त यसबाट शरीरलाई भिटामीन डी प्राप्त हुने भएपनि हानिकार विकिरणका कारण आँखामा एलर्जी हुने संभावना निकै धेरै हुने गर्दछ । यति मात्र नभएर वातावरणमा भएको प्रदुषणका कारण पनि आँखामा एलर्जी हुने चिलाउने सुख्खा हुने समस्या देखिने गर्दछ ।

भारतमा गरिएको यस अध्ययनमा राजधानी दिल्लीमा बस्ने मानिसको आँखामा सुख्खापन  अन्य ठाउँभन्दा २२.७ प्रतिशतले बढि रहेको रहेको छ । 

Last modified on 2018-03-16 14:53:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts