स्नायू प्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न जुट्दै वैज्ञानिक



Download our app to get more features

बीबीसी,१ चैत्र । पूर्व रूसी जासुस सरगेई स्क्रिपालमाथि आक्रमण गर्न प्रयोग गरिएको स्नायू प्रणालीमा असर गर्ने रसायनको पहिचान गर्न बैज्ञानिकहरूले रासायनिक उक्त केन्द्रका लागि सहयोग गर्ने भएका छन् । 

यसका लागि ब्रिटेन सरकारले ७ करोड डलर लगानी गरेर एउटा नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ ।आधुनिक प्रतिरक्षा कार्यक्रमको एउटा हिस्साको रूपमा यो केन्द्र दक्षिणी ब्रिटेनस्थित पोर्टन डाउनमा स्थापना हुनेछ ।
ब्रिटेन सरकारले रासायनिक अस्त्रको खतरा रूसबाट मात्रै नभइ उत्तर कोरिया जस्ता देशबाट पनि भएको बारे सचेत गराउने तयारी गरेको छ।

सावधानी स्वरूप हजारौं ब्रिटिस फौजलाई छालामा असर गर्ने एन्थ्र्याक्स नामक संक्रमणविरुद्ध खोप लगाइने छ ।पोर्टन डाउनस्थित सैन्य अनुसन्धान प्रयोगशाला खासगरी सुरक्षा फौज र सर्वसाधारणलाई रासायनिक र जैविक हमलाबाट जोगाउनका लागि निर्माण गरिएको हो।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले साल्सबरीमा पूर्व रूसी जासुसमाथि स्नायू प्रणालीमा असर गर्ने रसायन प्रयोग भएकोबारे व्याख्या गर्न ती कूटनीतिज्ञहरूले अस्वीकार गरेपछि उनीहरूलाई निष्काशित गरिएको बताएकी हुन्।

Last modified on 2018-03-16 14:53:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts