पोलेको मकै खानुको फाइदाले तपाईँ आश्चर्यमा पर्न सक्नु हुन्छ !



Download our app to get more features

अहिले वर्षायाम चलिरहेको छ । हुन त यो महिना पानी पर्ने होइन तर अहिलेको मौसममा लगातार जसो पानी परेर मौसम बदलिएको छ ।

वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् । तर, बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पालेको मकै खाने गर्छौँ । किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेर । 

आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ । पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।

जानौँ पोलेको मकै खानुको फाइदा :

१. पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

२. मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ । 

३. त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेको मा पनि निको हुन्छ ।

४. पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सर सँग पनि लड्नमा मद्दत गर्छ ।

५. बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

  (एजेन्सीको सहयोगमा)


 

Last modified on 2018-03-16 10:12:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts