यौन सम्पर्कका बेला यस्ता गतिविधि नगरेकै राम्रो 



Download our app to get more features

उमेर पुगेका किशोर किशोरीमा यौन स्वास्थ्य सम्बन्धी चासो चिन्ता हुनु स्वभाविकै हो । यस्ता चासोबाट गरिएका खोजबिनले उनीहरूको यौन जीवन सुखमय बन्नुको साथै जोडी र पारिवारिक सम्बन्ध पनि मजबुत बन्ने विज्ञहरूको भनाइ छ ।

यहाँ केही यस्ता सुझाब प्रस्तुत गरिएको जुन यौन सम्पर्कका बेला नगरेकै राम्रो हुन्छ । 

यौन सम्पर्कका बेला आवाज 
यौन सम्पर्कका बेला निकालिएको आवाजले यौनक्रियामा ऊर्जा दिन सहयोग गरिरहेको त हुन सक्छ । तर, सो आवाज छिमेकी वा घरका अन्य सदस्यसम्म पुग्यो भने तपार्इंको पारिवारिक सम्बन्ध नै बिग्रन सक्छ । 

टोक्नु तथा चिर्थोनु
यौन सम्पर्कका बेला केही व्यक्ति आपसमा हल्का फुल्का टोक्ने चिथोर्ने पनि गर्छन । यस्ता गतिविधिले तत्काल रमाइलो भए पनि परिवारमा गलत सन्देश जान्छ । 

कारमा यौन सम्पर्क
कारमै यौन सम्पर्क... सुन्दा उत्तेजित र रमाइलो लागे पनि यो खतरनाक हुन सक्छ । ड्राइभिङ गरेकै बेला यौन सम्पर्क गर्नु ज्यानै जोखिममा हाल्नु हो । चलचित्रमा देखाइए जसरी नै वास्तविक जीवनमा प्रयोग गर्न थाले जीवन सुन्दर बन्नुको सट्टा झनै कुरुप बन्न सक्छ । 

कठोर नबन्नुहोस्
प्रायः यौन सम्पर्कका बेला एक व्यक्ति डोमिनेट पार्टनर त हुन्छ नै । सेक्सी तथा डोमिनेटको अर्थ यो होइन की तपाईं रुखो वा कठोर बन्नुहोस् । यौन सम्पर्कका बेला जोडीबीच समन्य र समझदारी अपनाउँदा सुखमय हुन्छ । 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-03-17 10:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts