प्रत्येक वर्ष ५ करोडले गर्छन् असुरक्षित गर्भपतन 



Download our app to get more features

एजेन्सी,८ चैत्र । एक अनुसन्धानका अनुसार विश्वभरमा प्रत्येक वर्ष ५ दशमलव ६ करोड गर्भपतन असुरक्षित तरिकाबाट हुने गर्दछन् ।

जसमा प्रतिवर्ष लगभग २२ हजार ८ सय महिलाको मृत्यु हुने गरेको छ । यो रिपोर्ट गुटमेचर इन्सिच्युटले गरेको अनुसन्धानबाट खुलेको हो । यसले के देखाउँछ भने गर्भपतन गर्नमा प्रतिबन्ध लगाएपछि पनि महिलाले गर्भपतन गराउने क्रम रोकिएको छैन् बरु गर्भ फ्याँक्न महिलाहरुले असुरक्षित तथा खतरनाक तरिकाको सहारा लिने गरेका छन् । 

अनिइच्छुक गर्भका घटना बढ्दै
हार्ट केयर फाउण्डेशन अफ इण्डियाका अध्यक्ष पद्याश्री डा. के के अग्रवालका अनुसार गर्भपतनको मुख्य कारण विभिन्न क्षेत्रमा गुणस्तरीय गर्भनिरोधक औषधि तथा साधन नपाउनु पनि हो । गर्भनिरोधक चक्की प्रभावकारी हुने भएपनि त्यसको प्रयोग सहि तरिकाले नहुँदा समस्या भइरहेको उनको भनाई छ । 
गर्भपातका बारेमा चेतना जगाउनु जरुरी 
धेरैजसो देशहरुमा अनिइच्छुक तथा गर्भमा समस्या देखिए सुरक्षित गर्भपतन गर्ने व्यवस्था हुँदाहुदै पनि जानकारीको अभावमा आफूखुशी घरमै गर्भपतन गराउने महिला धेरै भएको अध्ययनका क्रममा खुलेको छ । यसका लागि गर्भनिरोधक र गर्भपतनका बारेमा व्यापक जनचेतना जगाउन पर्नेमा शोधकर्ताहरुको जोड छ । 

असुरक्षित गर्भपतनबाट स्वास्थ्य खतरा
गर्भपतनका लागि एनस्थीसिया दिएर शल्यक्रियामार्फत गर्भ हटाउन सकिन्छ । यतिमात्र नभएर औषधि खुवाएर पनि चिकित्सकीय तरिकाले गर्भपतन गर्न सकिन्छ । गर्भपतनका लागि खाइने औषधिले हर्मोनमा परिवर्तन ल्याएर गर्भपतन गराउने गर्दछ । अर्को एउटा विधी पनि गर्भपतनका लागि प्रयोग गर्ने गरिन्छ त्यो हो यौनीमार्गमा औषधि राखिदिने विधी । तर यी कार्य चिकित्सकले मात्रै गर्नुपर्नेमा क्लिनिकबाट औषधी किनेर घरमै लगी आफुखुशी सेवन गर्नाले आमाको ज्यान समेत जाने गरेको चिकित्सकहरु बताउँछन् ।

(नवभारत टाइम्स)
 

Last modified on 2018-03-22 16:38:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts