छोटो निद्राले सबै प्रकारका मरणको सङ्केत गर्छ



Download our app to get more features

बीबीसी,९ चैत्र । मानिस रातमा नै धेरै सुत्ने प्राणी हो ।

राम्ररी निद्रा नपुगेमा विभिन्न किशिमका रोगहरुले आक्रमण गर्ने जोखिम रहिरहेको हुन्छ । यसकारण पनि निद्रा स्वस्थ जीवनको लागि अपरिहार्य चिज हो । सन १९४० को दशकको सर्वेक्षण हेर्दा औसतमा एउटा वयस्क मानिस ७.९ घण्टा सुत्ने गर्दथे । अहिले त्यो समय घटेर ६.७५ घण्टामा झरेको छ । के थोरै सुतेर हामीलाई फरक पर्दछ त? क्यान्सर, अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपना मस्तिष्कघात र आत्महत्या जस्ता ज्यानै लिन सक्ने रोगहरु अनिद्राका कारण बढि लाग्ने रोगमा पर्दछन् । छोटो निद्राले सबै प्रकारका मरणको सङकेत गर्छ, छिटो मरणको संकेत गर्दछ । 

यसकारण हराउँछ निद्रा
शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो भने यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामाञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउँछ । विश्व स्वास्थ्य सङगठनले प्रत्येक रात आठ घण्टा सुत्नुपर्छ भनेको छ ।

राति राम्ररी सुत्नका लागि सुझावहरु 

  • पहिलो कुरा त निद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि त्यसपछि यी  मुख्य कुराहरु गर्न सक्नुहुन्छ । 
  • सधै एकै समयमा सुत्ने र एकै समयमा उठ्ने गर्नुहोस् । सुत्ने र उठ्ने समयमा फेरबदल नर्गनुहोस् । 
  • आधुनिक समाज अँध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ति निभाउने गर्नुहोस् । 
  • भएका मध्ये आधा मात्र बत्ति बाल्ने गर्नुहोस् ।
  • निदाउनका लागि शरीरिको तापक्रम घट्नुपर्छ ।
  • ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै जागा बस्नु हो भन्ठानिदिन सक्छ । 
  • निद्रा लागे जस्तो, छोपेजस्तो भएपछि मात्र अ‍ेछ्यानमा जाने गर्नुहोस् ।
  • दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । 

अन्त्यमा राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । निद्रालाई प्राथमिकतामा राख्दै यससँग डराएर होइन यसलाई अंगाल्दै राम्रो निद्रा पार्नै यी ५ उपाय अपनाउनुहोस् । 
 

Last modified on 2018-03-24 07:49:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts