यौनसम्बन्ध : क्रियाकलाप मात्र होइन,भावनात्मक रोमान्स पनि हो !



Download our app to get more features

यदि तपाइलाई यौनसम्पर्क मात्र आनन्द र अर्गानिजमका लागि मात्र हो भन्ने लाग्छ भने तपाईले यससम्बन्धमा धेरै कुराहरु गुमाइरहनुभएको हुनसक्छ । यौनसम्पर्कले तपाई र पाटर्नरको सम्बन्ध मजुबत बनाउनुको साथै एक अर्कालाई नजिक ल्याउन निकै सहयोग गरिरहेको हुन्छ । यसले सम्बन्धमा झनै मिठास थपिदिने काम गरिरहेको हुन्छ । 

स्यमंलाई पहिचान गर्नुहोस् 
सेक्सले आफ्नै फरक–फरक रुप पहिचान गर्ने मौका पनि दिने गर्दछ । तपाई दिनभर आलश्य र थकान महसुस गरेतापनि विस्तारामा निकै ऊर्जाशिल हुन पनि सक्नुहुन्छ । आफ्नो जीन्दगीभर अरुमाथि हावी भएपनि विस्तारामा यौनसम्पर्कका बेला तपाईको पाटर्नर हावी हुँदा त्यो तपाइका लागि आनन्दको विषय बनिरहेको हुन्छ । 

उत्तेजित स्पर्श
यौनसम्पर्कको माध्यमबाट तपाई आफ्नो पाटर्नरको अझ नजिक आउन सक्नुहुन्छ । यौनसम्पर्कलाई मात्र शारीरिक सम्पर्क मात्रै देख्नुभन्दा एक अर्काको दिलको तार खोज्ने कोशिस मात्र गर्दा पनि धेरै राम्रो हुन जान्छ । 

तनावलाई हटाउनुहोस्
यौनसम्पर्कले  तपाइको दिनभरको तनाव र पिरलाई पन्छाइदिन मद्दत गर्दछ । यो समयमा तपाई आफ्ना सम्पूर्ण समस्या पनि भुलिरहनुभएको हुन्छ । यौनसम्पर्क एक शारीरिक क्रियाकलाप मात्र नभएर भावनात्मक रोमान्स पनि हो ।

 

(नवभारत टाइम्स)

Last modified on 2018-11-18 07:23:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts