यी हुन् उच्च रक्तचापबाट जोगाउने खानेकुरा 



Download our app to get more features

उच्च रक्तचाप शब्द अहिलेको समयमा निकै नै लोकप्रिय बनिसकेको छ ।

उच्च रक्तचापको बिरामी अहिलेको समयमा सबैको घरमा हुनुहुन्छ होला । उच्च रक्तचाप कुनै निश्चित उमेरको व्यक्तिलाई हुँदैन, यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । यो रोग सुन्नमा जति सामान्य छ त्यति नै खतरनाक पनि छ ।

यो रोग एक प्रकारको जीवनशैलीमा आधारित रोग हो । उसो त प्राय ः जसो रोगहरु मानिसको जीवनशैली कै आधारमा लाग्ने हुन्छ । किनकी तपाईँको खानपान, तपाईँको रहनसहनले पनि तपाईँको स्वास्थ्यलाई धेरै नै असर पारिरहेको हुन्छ ।

हालै गरिएको एक अध्ययनका अनुसार उच्च रक्तचाप विशेषगरी तपाईँको खानपानमा निर्भर रहन्छ त्यसैले तपाईँले विशेष गरी आफ्नो खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । अध्ययनमा भनिए अनुसार केही यस्ता कुराहरु पनि छन् जसको सेवनले गर्दा तपाईँ यो रोगबाट आफूलाई र आफ्ना घरका सदस्यलाई बचाउन सक्नु हुन्छ । 

जानौँ ती आहारका बारेमा....

अंगूर :अंगूरमा पोटाशियम र फसफोरस पाइन्छ । जसको सेवनले तपाईँको रक्तचापलाई सँधै नियन्त्रणमा राख्छ । 

केरा :केरामा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ, साथै यसमा भिटामिन बी ६, भिटामिन सी र म्याग्नेशियम पनि पाइन्छ । जुन रक्तचापको लागि राम्रो मानिन्छ ।

काचो प्याज :चिकित्सकहरुका अनुसार प्याजमा भएको पोटाशियममा एडेनोसाइन हुन्छ, जसले   हाइपरटेन्शन अर्थात् उच्च रक्तचापका रोगिहरुका लागि निकै नै लाभदायक हुन्छ ।

लसुन :लहसुनमा आर्टिरीजमा भएको कोलेस्ट्रोललाई पघाल्ने गुण हुन्छ । यसले रक्त सञ्चार सँधै राम्रो रहन्छ ।

धनिया : धनियाको पातमा धेरै प्रकारका क्रियाशिल तत्वहरु हुन्छन् । जसमा एन्टीमाइक्रोबियल, एन्टीडिप्रेसेन्ट हुन्छ । यसले ब्लड शुगरलाई कम गर्छ र कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ ।
 

Last modified on 2018-03-26 09:31:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts