समयमा उपचार पाए सन्चो हुन्छ 'छारे' रोग



Download our app to get more features


एजेन्सी,१२ चैत्र । मिर्गि अर्थात छारे रोगका विषयमा जनमानसमा विभिन्न खालका धारणा रहेका पाइन्छन् ।

यो रोगको उपचार नै हुँदैन्, यो रोगबाट पीडितहरु अरु मानिस जस्तै सामान्य जीन्दगी जिउन सक्दैनन् लगायतका भ्रंमहरु समाजमा व्याप्त रहेका छन् । यदि कसैमा पनि छारे रोगको लक्षण देखा परेमा तुरुन्त चिकित्सकको परामर्शमा जानुपर्नेमा डाक्टर प्रियंका सिहंको सल्लाह छ । 

दिनमा १६ पटक छारेको आक्रमण तर दौडिने  आफ्नो शोकमा कमी छैन्
करिब २० वर्षकी एक युवती पार्कमा दौडिरहेकी छिन् । अचानक ति युवती लरखराउँदै लड्न पुग्छिन् ।

उनको शरीर एकैछिनमा अरर्रो हुन पुग्छ, मुखबाट फिँज निस्किन थाल्थ अनी उनी बेहोश हुन्छिन् । यो दृश्य देखेर मानिसहरुको हुल जम्मा हुन थाल्दछ । रमितेहरुको भीड लागिरहेको बेला ति युवती विस्तारै– विस्तारै सामान्य अवस्थामा फर्किन थाल्छिन् । फेरी उनी विस्तारै उठ्छििन र दौडिन थाल्छिन् । जम्मा भएको भीड चकित पर्छ की केहिबेर अघि बेहोश भएकी युवती एकैछिन्मा फेरी दौडिन थालिन् भनेर  । यो अनौठो कहानी हो आयरल्याडको राजधानी डब्लिनमा बस्ने एक युवती कैटी कुकको ।

कैटी ९ वर्षको उमेरबाट गम्भिर किशिमको छारे रोगबाट ग्रसित रहेकी युवती हुन् । उनलाई २४ घण्टामा १६ पटक सम्म छारे रोगले समात्ने गर्दछ । तर यसले उनको दौड्ने हौसलामा कुनै कमी ल्याइदिएको छैन् । उनले दौडेर धेरै प्रतियोगितामा जीत समेत हात पारेकी छिन् । अझ खुशीको कुरा त के छ भने उनलाई माया गर्ने उनका पाटर्नर पनि उनीसँगै छन् । 

प्रियंकाको हौसलामा कुनै कमी आएन
२५ वर्षकी प्रिंयका एक कम्पनीमा पीआर एक्ज्युटिभ पोष्टमा कार्यरत रहेकी छिन् । उनलाई पछिल्लो १० वर्षदेखि छारे रोगको समस्या रहेको छ । पहिलोपटक उनलाई १० कक्षाको गणित विषयको जाँच दिइरहेका बेला छारे रोगले आक्रमण गरेको थियो । परीक्षा हलबाट उठाएर उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा जाँचका क्रममा पत्ता लागेको थियो की उनलाई छारे रोगले समातेको छ ।

उनी भन्छिन्–शुरुका २–३ वर्षसम्म त मैले लापर्वाही गरे चिकित्सकहरुले लेखिदिएको औषधि र खाना समयमा खाइन् । जब समस्या झनै बढ्दै गयो तब मात्र राम्ररी उपचार गर्नमा ध्यान केन्द्रित गर्न थाले । अहिले मैलै समयमा पौष्टिक आहारा खाने गरेकी छु भने पूरा ८ घण्टा मस्त सुत्न थालेकी छु । उनी अगाडि भन्छिन्–म तनावबाट पर रहने कोशिस गरिरहेकी हुन्छु ।

प्रिंयका आजभोली आफ्नो छारेरोग विस्तारै हट्दै गएको तथा त्यसले आफ्नो रुप समेत बदलेको बताउँछिन् । उनका अनुसार पहिला–पहिलाको जस्तो गहिरो गरी छारे रोगले आक्रमण नगरी मात्र ५–६ सेकेण्डको लागि झ्याप्प समात्ने तर बेहोश नहुने गरी छारे आउने गरेको छ । उनले यसलाई नक्कली छारे रोगको संज्ञा दिने गरेकी छिन् । उनी भन्छिन्–जीन्दगीमा खुशी हुन सिकौं, रमाऔं कुनै पनि रोगलाई आफ्नो जिन्दगीमा ठूलो रोगका हिसाबले नलिऔै धेरैहदसम्म सकारात्मक असर पर्ने गर्दछ । 

यस्तो अवस्थामा समात्न सक्छ छारे रोगले 

  • धेरै तनाव
  • कम निद्रा
  • हर्मोनमा परिवर्तन
  • धेरै मदिरा सेवन
  • ब्लड सुगरको मात्रा ह्वात्तै घट्नु
  • रक्तचाप कम हुनु
  • चर्को प्रकाशमा बस्दा

लक्षण

  • आँखाको अगाडि अध्याँरो छाउनु
  • शरीर अरर्रो हुने
  • दाँत बान्नु
  • मुखबाठ फिँज निस्किनु
  • अचनाक लड्नु
  • बेहोस हुनु
  • आँखाको नानाी माथिल्लो भागतिर खिच्चिनु
  • हात तथा खुट्टा लगातार झट्कार्दै चलाउँदै गर्नु
  • ओठ तथा जिब्रो काटिनु,टोकिनु

कारण
वंशाणुगत : अघिल्लो पुस्ताको जीनमा कुनै गडबडी भएमा मस्तिष्कमा रहेका नशाहरुले राम्रोसँग काम गर्न सक्दैन् ।
संक्रमण : जन्मने बेला वा जन्मिसकेपछि बच्चामा पोलियो भएमा वा अन्य कुनै संक्रमणका कारण मस्तिष्कमा अक्सिजन जान नसकेमा ।
टाउकोमा गम्भिर चोट : कुनै दुर्घटना वा झैझगडामा टाउकोमा चोट वा प्रहार भएमा ।
स्ट्रोक वा ब्रेन ट्युमर : ब्रेन स्ट्रोक वा ब्रेन ट्युमरको समस्या भएमा । 
गर्भमा चोट : यदि आमाको पेटमा छँदा बच्चालाई असर पर्ने गरी कुनै प्रकारको चोट लागेको भएमा । 
अटिजम भए : अटिजम भएमा पनि बच्चाहरुमा छारेको दौरा पर्न सक्छ ।
बढ्दो उमेर : उमेर बढ्दै जाँदा यदि मस्तिष्क सुस्त हुँदै गएमा । 
ब्रेन टीबी : यदि मस्तिष्क क्षयरोग भएमा ।  

परीक्षण तथा उपचार
यदि कसैलाई एक वर्षमा एक दुईचोटी मात्र छारे आउँछ भने ति व्यक्तिले  मात्रा मिलाएर नियमित औषधि सेवन गरेमा पूर्णरुपमा निको हुन सक्दछ । तर बिरामीलाई पटक पटक अर्थात हप्तैभर वा दिनहुँ नै छारे आइरहन्छ  भने यसले व्यक्तिको उत्तेजनामा नै असर पार्न सक्दछ । तर यस्ता बिरामीको संख्या विश्वभरमा १० प्रतिशत भन्दा बढि नरहेको बताइन्छ । कुनै कुनै छारे रोग एक दुई वर्ष औषधि खाँदैमा ठीक हुन्छन् भने कुनै रोगलाई जीन्दगीभर नै औषधि खानुपर्ने हुन सक्दछ । वंशाणुगत छारे रोग इसीजी गरेपछि मात्र पत्ता लाग्ने गर्दछ । यो अवस्थामा औषधि चलाइसकेपछि पनि पटक पटक इसीजी गर्दै रोग कम भएको नभएको बरेमा परीक्षण गरिहरनुपर्ने हुन्छ ।

 औषधि
छारे रोगमा यसको दौरा अर्थात आक्रमण रोक्नका लागि औषधि चलाउने गरिन्छ । तर सबै बिरामीमा एउटै औषधिले काम गर्छ भन्ने हुँदैन यो व्यक्तिपिच्छे फरक हुने गर्दछ । बिरामी औषधि सेवन गरेको कति दिनमा ठीक हुन्छ भन्ने कुरा रोगको मात्रा हेरेर निर्धारण हुने गर्दछ । तर सामान्यतया ७० प्रतिशत बिरामीम एउटा औषधि खानेबित्तकै सन्चो हुने गर्दछ । यस्तै करिब १५ प्रतिशतमा २–३ पटक औषधि खाँदा निको हुने गर्दछ भने बाँकी १५ प्रतिशतमा धेरै औषधि तथा शल्यक्रिया समेत गर्न पर्ने हुन सक्दछ । 

कीटो डाइट
यदि छारे रोगका बिरामीलाई औषधि खुवाउँदा पनि ठीक भएन भने डाइट खुवाएर पनि निको पार्ने प्रयास गरिन्छ । यसमा उच्च किशिमको चिल्लोपदार्थ, सिमित प्रोटिन लगायतका खानेकुरा बिरामीलाई खुवाउने गरिन्छ । यसका लागि बिरामीलाई ३ –४ दिनसम्म अस्पतालमै भर्ना गरेर डाइट खुवाउने गरिन्छ । यति गरिसकेपछि त्यसको असर बिरामीहरुमा  देखा पर्न थाल्दछ । सबै ठीक अवस्थामा आएपछि उक्त डाइटलाई घरमा पनि हुबहु सेवन गर्न सल्लाह दिइन्छ । यो तरिका सबैका लागि सजिलो र पर्याप्त नभएपनि औषधिले काम नगरेका छारे रोगका बिरामी यसबाट भने लाभान्वित हुने गर्दछन् । 

शल्यक्रिया 
छारे रोगका बिरामीहरु औषधि तथा डाइटबाट पनि निको नभएमा शल्यक्रिया गर्ने गरिन्छ । यदि बिरामीको मस्तिष्कमा ट्युमर पलाएको छ भने त शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

 (नवभारत टाइम्सबाट )

Last modified on 2018-03-27 07:05:43

1 Comments

  1. Mero dd lai ni chare jog xa 20 _25 barxa vako tara thik vako xaina 2 khale ausadi linu hun xa ta ra pani veti xanxa


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts