हैजाको प्रकोपबाट बच्न विशेष सतर्कता



Download our app to get more features

अबुजा, १३ चैत  : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौची राज्यमा हैजा फैलिएको हैजाको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाइएको समाचार छ । 

उक्त क्षेत्रमा केही दिनयता हैजाको प्रकोप फैलिएको छ । जसका कारण गतहप्तामात्र कम्तीमा पनि नौ जनाको मृत्यु भएको थियो । हैजाबाट प्रभावित अरु कैयौँ नागरिक अस्पतालमा भर्ना भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका बताएका छन् । 
विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको उक्त बौची राज्यका पाँचओटा जिल्लामा यस्तो सतर्कता कार्यक्रम सुरु गरिएको छ ।

अहिलेसम्म ती जिल्लामा मात्र ४०० जनाभन्दा बढीलाई हैजाको प्रकोप भएकोले अधिकारीहरुले विशेष कार्यक्रमहरु सञ्चालन गरिएको बताएका छन् । खानेपानी तथा अन्य खाद्यान्नमा विशेष निगरानी गर्नुका साथै औषधिको पनि राम्रो प्रबन्ध गरिएको छ भने झाडापखाला लाग्नासाथै अस्पताल लैजान परिवारका सादस्यहरुका नाममा सार्वजनिक रुपमा ‘माइकिङ’ गरिएको छ । 

सरसफाईमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुल्ला रुपमा दिसा, पिसाब गर्ने गरिएकाले त्यस क्षेत्रमा हैजा फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी शुद्ध पिउने पानीको अभाव र अखाद्य तथा बासी खानेकुराहरुको उपभोगले हैजाका बिरामीहरु बढेको र यसले गाउँलाई नै प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । – रासस 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts