शौचालयको माग गर्दै अनशन बस्ने छात्रा !



Download our app to get more features

बीबीसी,१४ चैत्र । भारतको जम्भु संभागको उधमपुर जिल्ला निवासी एक १० कक्षाकी छात्राले शौचालय निर्माणका लागि लगातार २ दिन अनशन बसेर समस्याको समाधान गरेकी छिन् ।

गत मार्च १४ मा उधमपुर जिल्लका अधिकारीहरुले  उनको विद्यालयमा  स्वच्छ भारतको मिशन अन्तर्गत एक कार्यक्रममको आयोजना गरेका थिए जसमा सबै बच्चाहरुलाई स्वच्छता अभियानका बारेमा जानकारी दिइएको थियो ।

उत्तर प्रदेशबाट आएको एक टिमले लघु नाटकको माध्यमबाट सरसफाइको महत्वका बारेमा जानकारी बाँडेका थिए । सो कार्यक्रममा छुट्टै शौचालय बनाउन तथा नियमित शौचालय प्रयोग गर्न पनि कार्यक्रममा सुझाइएको थियो  । तर विद्यालयमा रहेका ३५० बच्चा मध्ये निशाको दिमागले यसले यस्तो प्रभाव पार्यो की उनले घरमा गएर आमा बुबासँग शौचालय बनाउने जित गर्न थालिन् ।

यतिसम्म कि शौचालय नबनाउँदासम्म खाना नखाइ बस्न थालिन् । पेशाले मजदूरी गर्ने उनका आमा बाबुका लागि शौचालय बनाउने कुरा आर्थिक हिसाबले त्यति सहजको विषय थिएन । तर २ दिनसम्म लगातार खानपान छोडेकी निशाको मागमा बाबा आमा सहमत भएपछि उनको घरमा अहिले शौचालय बनेको छ । 

Last modified on 2018-03-29 14:55:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts