फोक्सोको क्षयरोगले बनाउन सक्छ प्यारालाइसीस



Download our app to get more features

एजेन्सी,१४ चैत्र । फोक्सोमा हुने क्षयरोग समयमै निदान तथा उपचार नभएमा यसले मस्तिष्क तथा मेरुदण्डमा समेत प्रभाव पारेर प्यारालासीस बनाइदिने जोखिम उच्च हुने गर्दछ ।

यति मात्र नभएर यसले बिरामीलाई कोमामा लैजाने खतरा पनि उत्तिकै रहेको हुन्छ । क्षयरोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउनुको साथै टाउको दुख्ने समस्या पनि चर्को रुपमा रहेको हुन्छ । यो एउटा संक्रमित रोग हो । भारतको लखनउस्थित केजीएमयूका न्यरोलोजिष्ट विभागका प्रमुख प्रध्यापक आर के गर्गका अनुसार क्षयरोग लाग्न नदिन तथा लागिसकेपछि निम्नानुसारको उपचार गरेमा पूर्णरुपमा निको हुन स

उपचार बीचमै नछोडौं
प्राडा गर्गका अनुसार सरसफाईमा ध्यान दिन नसकेमा पनि मानिसमा क्षयरोग हुने संभावना बढि हुनछ । जुन व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्दछ उसलाई क्षयरोगले छिट्टै समात्ने गर्दछ । क्षयरोगले रगतको माध्यमबाट शरीरको कुनै पनि भागमा आक्रमण गर्न सक्दछ । यसकारण उपचारलाई बीचमै छोड्न हुदैन् चिकित्सकको सुझावमा सबे औषधि सेवन गर्नुपर्दछ । 

हड्डी मक्किन सक्छन्
केजीएमका अर्थोपेडीक विभागका केन्द्रिय डाक्टर नरेन्द्र सिंह कुशवाहाका अनुसार  क्षयरोगको प्रारम्भिक लक्षणमा हल्का ज्वरो, भोक हराउने, तौल कम हुने लगायतका लक्षण देखा पर्ने गर्दछ । यस्तो अवस्थामा कम्मरको जुन भागमा दुखाइ छ त्यसको एक्स–रे गराउनुपर्छ । यसले हड्डीको क्षयरोग मेरुदण्डमा फैलिएको नफैलिएको बारेमा जानकारी दिन सहयोग गर्दछ । 

ज्वरो तथा टाउको दुखाइलाई वेवास्था नगरौं
प्राडा गर्गका अनुसार लगातार ज्वरो तथा टाउको दुखाई भएमा वेवास्था नगरी तुरुन्त चिकित्सककहाँ सम्पर्क गरिहाल्नुपर्छ । मस्तिष्क ज्वरो हो की अन्य ज्वरो हो सबैभन्दा पहिला पत्ता लागाउन जरुरी हुन्छ । यो अवस्था लामो समयसम्म जारी रहँदा पनि उपचार नपाएमा बिरामीको मस्तिष्कमा  पानीको प्रवाह कम हुँदै जान्छ र मस्तिष्कमा रहेका पानीका थैलीको आकार बढ्न थाल्दछ । यो अवस्थामा बिरामी कोमा जान सक्दछ । 
 

Last modified on 2018-03-29 14:58:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts