एन्टिबायोटिक्सले पनि काम नगरेपछि चिकित्सकमा चिन्ता



Download our app to get more features

बीबीसी, १६ चैत । ब्रिटेनका एक पुरुषलाई लागेको सुपर गोनोरिया (सुजाक) रोग सम्बन्धी गम्भीर घटना बाहिर आएको छ ।

ती पुरुषले दक्षिण–पूर्व एशिया यात्राको क्रममा एक महिलासँग यौनसम्पर्क गरेका थिए । जसबाट उनलाई गोनोरिया रोग सरेको थियो । तर, सो रोगको उपचार पटक पटक असफल भइरहेको छ ।
पब्लिक हेल्थ इंग्ल्याडका अनुसार यो नै पहिलो घटना हो की जसमा एन्टिबायोटिक्सले समेत रोग ठीक पार्न सकेको छैन् । स्वास्थ्यकर्मीहरूले यो रोगको संक्रमण फैलनबाट रोक्न ती पुरुषका अरु सम्भावित यौन पार्टनरहरूको समेत खोजी सुरु गरेको छ । 

यसैवर्ष उनी यो रोगबाट ग्रसीत भएका हुन् । अहिलेसम्म चलाइएका कुनै पनि एन्टिबोयोटिक्सले ती पुरुषलाई ठीक गर्न सकेको छैन् । पब्लिक हेल्थ इंग्ल्याडसँग सम्बन्धित डा. ग्वेडा हग्स भन्छन् ‘यो नै पहिलो घटना हो जसमा सामान्यतया प्रयोग गरिने सबै खालका एन्टिबायोटिक्स चलाउँदा पनि रोग २० को १९ भएको छैन् ।’ विश्व स्वास्थ्य संगठन तथा यूरोपिइ सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार यो घटना विश्वमै पहिलो हो । 

गोनोरियाको लक्षण के हो ?

  • यो रोग निस्सिरिया गोनोरिया नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । 
  • असुरक्षित यौन सम्बन्ध, ओरल सेक्स तथा अप्राकृतिक यौनसम्पर्कका कारण रोग फैलने गर्छ । 
  • संक्रमित मानिस मध्ये प्रत्येक १० मध्ये एक हेट्रोसेक्सुअल पुरुष, तीन चौथाई भन्दा धेरै महिला तथा केही समलिङ्गी पुरुषमा यसको लक्षण नै नदेखिने हुन्छ । 
  • यसका लक्षणहरूमा यौन अंगबाट पहेँलो तथा हरियो रङको पदार्थ बग्ने गर्छ । पिसाब गर्ने बेला दुख्ने, पोल्ने तथा महिलाको महिनावारीमा गडबडी हुने गर्छ । कुनै बेलामा महिनामा २ पटक समेत महिनावारी हुने गर्छ । यदि यस्ता संक्रणको बेलैमा उपचार नगरे भविष्यमा बाँझोपनाको समस्या देखिने गर्छ । गर्भावस्थामा गनोरिया भए त्यसको असर बच्चामा पनि पर्ने गर्छ । 
Last modified on 2018-04-01 18:01:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts