गर्मीयाममा मिर्गौला जोगाउने तरिका



Download our app to get more features

काठमाडौं, १८ चैत । गर्मी मौसममा अन्य मौसमको तुलनामा शरीरमा विभिन्न प्रकारका समस्या र संक्रमण बढ्ने गर्छ ।

यो मौसममा विशेषगरी झाडापखाला, छालाको संक्रमण, आँखा पोल्ने, डिहाइडे«सन लगायत समस्या बढी हुने गर्छ । साथै गर्मीयाममा मिर्गौला सम्बन्धी समस्याहरू पनि हुने गर्छ । गर्मीयाममा शरीरलाई पानी बढी मात्रामा चाहिन्छ । किनकी यो बेला पसिना धेरै आउने हुँदा शरीरबाट पानी निस्किने क्रम जाडोमा भन्दा बढी हुन्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतका अनुसार कतिपय मानिसले गर्मी मौसम सुरु भयो अब अत्यधिक पानी पिउनु पर्छ भन्दै शरीरलाई चाहिने भन्दा बढी पानी पिउने पनि गर्छन् । जुन स्वास्थ्यका लागि हानीकारक पनि हुन सक्छ । किनकी शरीरलाई चाहिएको मात्रामा र उमेर अनुसार पानी पिउनु पर्छ । 

गर्मीयाममा मिर्गौला सम्बन्धी समस्याबाट यसरी जोगियौं 

  • शरीरलाई चाहिने जति मात्रामा पानी पिउने, गर्मी सुरु भयो भनेर अत्यधिक पानी सेवन नगर्ने
  • सकेसम्म बासी खाना नखाने
  • पानीयुक्त फलफूल, तरकारीको सेवन गर्ने 
  • प्रसस्त मात्रामा झोलपदार्थ सेवन गर्ने, ताजा जुस, लस्सी पिउने 
  • अत्यधिक चिल्लो, पिरो, नुनिलो नखाने 
  • मिर्गौलालाई असर पर्ने गरी व्यायाम नगर्ने  
Last modified on 2018-04-06 08:14:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts