जाँचचौकीमा तालिबानी आक्रमण,२ को मृत्यु



Download our app to get more features

टिरीन कोट, आफगानिस्तान, २२ चैत्र । अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँचचौकीमा भएको तालिबान आतंककारीको आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका छन् ।

स्थानीय सुरक्षा अधिकारीले हिजो सो जानकारी दिएका छन् । सयौंको संख्यामा आएका आतंककारीहरुले मङ्गलबार राती आक्रमण गरेका त्यसपछि दोहोरो गोली हानाहान भएको प्रान्तीय प्रवक्ता दोस्त मोहमद नयाबले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
यस दोहोरो झडपको क्रममा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच प्रहरी घाइते भएका नयाबले बताएका छन् । 

यस झडपको क्रममा कैयौ आतंककारीहरु मारिनुको साथै घाइते भएका छन । तर यसको यकीन संख्याका प्रष्ट हुन नसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन । यद्यपि तालिबानका प्रवक्ता कारी युस्फ अहमदीले स्थानीय सञ्चार माध्यमलाई मङ्गलबार राति उरुजगानको चार ओटा सुरक्षा जाँचचौकीमा आक्रमण भएको र कैयौ सुरक्षा अधिकारीहरु मारिएका बताएका छन् । 

अफगान सुरक्षाबलले सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा पूर्णरुपमा लिएपछि अफगानिस्तानमा अफगान सुरक्षा अधिकारीहरुको हताहतको बृद्धि भएको छ । 
सन् २०१४ को अन्त्यमा अमेरिकी र नेटो सैनिकले अफगान युद्धको सकिएको घोषणा गर्दै त्यहाँबाट प्रायः अमेरिकी र नेटो सैनिक फर्किएपछि अफगानिस्तानको सुरक्षाको भार पूरा अफगान सुरक्षा अधिकारीमा आएको थियो । –रासस
 

Last modified on 2018-04-05 09:07:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts