६४ वर्षसम्म नहुर्केको पशुपति होमियोप्याथिक



Download our app to get more features

काठमाडौं,२३ चैत्र । ०१० सालदेखि नेपालका सरकारी अस्पतालमा होमियोप्याथिक उपचार विधि सुरुवात भएपनि नेपालमा होमियोप्याथिकको अवस्था जति सवल हुनुपर्ने हो त्यति छैन् । यस विषयमा पशुपति होमियोप्याथिक चिकित्सालयका निर्देशक डा. सब्बीर खानको भनाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । 

०१० सालदेखि नेपालका सरकारी अस्पतालमा होमियोप्याथीक उपचार विधि सुरुवात भएको हो । तर, राणाहरूले भने ००४ सालदेखि नै होमियोप्याथीक उपचार विधिबाट उपचार गर्दै आएको इतिहास छ । सरकारी अस्पताल मध्ये एक मात्रै होमियोप्याथीक अस्पताल ललितपुरको पशुपति होमियोप्याथीक हो । म ०४६ सालदेखि यसमा आबद्ध भएको हुँ । त्यसबेलादेखि नै यसको शय्या क्षमता विस्तारदेखि अन्य सेवा सुविधा बढाउनु लागिरहेको छु । तर अझैसम्म पनि होमियोप्याथीक उपचार पद्धतिले जटिल रोगहरू पनि निको हुन्छन् है भन्ने सन्देश आम जनतामा पुर्याउन नसकिरहेको अवस्था छ । यद्यपि, यसप्रतिको जनविश्वास र प्रणाली बारेमा सही तथ्य बुझाउन हामी लागिपरेका छौं ।

होमियोप्याथीक काउन्सिल
हामीले ०४८ सालदेखि नै छुट्टै होमियोप्याथिक काउन्सिलको माग गरिरहेका छौं । तर, दुर्भाग्य अहिलेसम्म काउन्सिल बन्न सकिरहेको छैन् । काउन्सिल नबनेसम्म यसका सेवालाई बुझाउन र व्यवस्थित बनाउन अप्ठयारो परिरहेको छ ।
डाक्टरहरु सही हुन् की होइनन्, अभ्यास ठीक छ की छैन्, कुनै विवाद उठ्यो भने कहाँ गएर यसको निरुपण गर्ने लगायतका समस्या समाधानका लागि काउन्सिलको अति जरुरी छ । 

यस अस्पताल स्थापनाको ६४ वर्ष बितिसक्दा पनि यसको एउटै शाखा विस्तार भएको छै । ०४८ सालदेखि यसको शाखा विस्तारका लागि बारम्बार पहल गरिरहँदा पनि सुनुवाई भएको छैन् । 

स्वाथ्य मन्त्रालय यसो भन्छ 
काउन्सिल दिने सम्बन्धमा पटक–पटक लिखित योजनासहित मन्त्रालयमा खाका प्रस्तुत गरिसकेको अवस्था छ । तर, मन्त्रालयले भने होमियोप्याथीकलाई मात्र काउन्सिल दिए अरु उस्तै प्रकृतिका उपचार विधिभएकाहरूले पनि पनि माग गर्ने त्रासमा छ । वैकल्पिक चिकितसाभित्र सबै अटाएर एउटै छाता संगठन बनाएर आउन मन्त्रालयले आग्रह गर्दै आएको छ । 

अबको ५ वर्षे योजना
हामीले हालसालै ड्राफ्ट गरेको वैकल्पिक चिकित्सा प्रणालीमा नीति नियम बनाएका छौं । यसमा होमियोप्याथी, अकुंपञ्चार, आयुर्वेद, प्राकृतिक चिकित्सा, यूनानी लगायतका उपचार विधि रहेका छन् । संघीयतामा हामी पनि कसरी अघि बढ्ने भन्ने बारेमा ड्राफ्ट बनाएका छौं । यसको संयोजकमा मन्त्रालयका वरिष्ठ अधिकृत छन् । यसमा हरेक प्रदेशमा वैकल्पिक चिकित्सा प्रणालीलाई सँगसँगै लिएर जाने योजना समेटेका छौं । प्रदेशमा पनि प्रदेश केन्ददेखि गाउँपालिकासम्म हाम्रो सेवा विस्तार गर्ने योजनामा छौ । तर, मन्त्रालयबाट पास हुन भने बाँकी नै छ ।

यो पशुपति होमियोप्याथीकको स्तरउन्नती गर्नका लागि प्रयास जारी छ । हाम्रो अस्पतालको ७ रोपनी जग्गा थियो । गतसाल यही जग्गा पनि काटेर पाटन उच्च अदालतलाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेपछि हामी मारमा परेका छौं । यसर्थमा हामी विकास हुने  फस्टाउने भन्दा पनि झनै खुम्चिन बाध्य भइरहेका छौं । जग्गा मात्र नभएर हाम्रो भवनका केही कोठासमेत अदालतले प्रयोग गर्न थालेको छ ।

हाम्रा पूर्वाधार विकासमा सहयोग हुनुको सट्टा जग्गा र भएको भवन पनि अन्तै दिएपछि थप सेवा विस्तारको हाम्रो योजना तुहिएको छ । शुरुमा ६ शय्याबाट शुरु भएको अस्पताल १९ शय्यासम्म पुुर्याउन हामी सफल भएका थियौ । हामीले बिरामी भर्ना नै गरेर उपचार गर्नेदेखि अध्ययन अनुसन्धानका लागि पनि छुट्टै ठाउँ बनाउँदै थियौ । तर अब त जग्गा नै छैन् ।

(हाम्रो डक्टर म्यागेजिनबाट)
 

 

Last modified on 2018-07-13 18:43:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts