शारीरिक कसरतपछि कहाँ जान्छ बोसो ?



Download our app to get more features

बीबीसी,२३ चैत्र । वास्तवमा शारीरिक कसरतद्वारा घटाइएको शरीरको बोसो कहाँ जान्छ त ? लगभग १५० डाक्टर, आहारा विशेषज्ञ तथा शारीरिक प्रशिक्षकहरुले यस प्रश्नको जवाफ गलत दिएका छन् ।

यहाँ शारीरिक कसरतपछि शरीरको बोसो कहाँ जान्छ त? भन्ने बारेमा चर्चा गरिएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स यूनिभर्सिटीको स्कूल अफ बायोमोलिक्यूलर साइसन्सका वैज्ञानिक मीरम्यानको एक सर्वेमा पनि १४७ विशेषज्ञहरुले जस्तै यस प्रश्नको जवाफ गलत दिएका थिए । 

धेरै विशेषज्ञलाई नै थाहा छैन्
अध्ययनका क्रममा प्रायः जसोले एउटै उत्तर दिएका थिए की  कसरतपछि बोसो ऊर्जामा परिवर्तन हुन्छ भनेर । सन २०१४ मा ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक शोधका अनुसार कसरतबाट हट्ने बोसो कार्बनडाइअक्साइड तथा पानीमा परिवर्तन हुने गर्दछ । यसका लागि शरीरको महत्वपूर्ण अंग फोक्सोले यसको उत्सर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

शोधका अनुसार शरीरबाट पानी, पिसाब, श्वास तथा अन्य शारीरिक तल पदार्थहरुको रुप बाहिर जाने गर्दछ । मीरम्यानले दी कन्भरसेसन डट कम मा लेखेका छन् की यदि तपाई आफ्नो शरीरको १० किलो बोसो कम गर्नुहुन्छ भने  यसको ८ दशमलव ४ किलो कार्बनडाइअक्साइडको माध्यमबाट  तथा बाँकी १ दशमलव ६ किलो पानीको माध्यमबाट शरीरबाट बाहिर निस्कने गर्दछ । अन्य शब्दमा भन्नुपर्दा व्यवहारिक रुपमा हामीहरु जुन तौल कम गर्छौ त्यसलाई श्वासको रुपमा छोड्ने गर्दछौं । 

डाक्टरहरु गलत किन थिए?
१५० विशेषज्ञ सहभागाी भएको सर्वेमा जम्मा ३ जना विशेषज्ञले मात्र सहि जवाफ दिएका थिए । यो सर्वे अष्ट्रेलियामा गरिएको भएपनि अमेरीका, ब्रिटेन तथा अन्य यूरोपीय देशमा पनि यस सम्बन्धमा गलत अवधारणा नै रहेको भेटिएको मीरम्यानले बीबीसीलाई बताएका छन् । 

मीरम्यानको निष्कर्ष सहि यसर्थमा मान्न सकिन्छ की हामीले  जे खानेकुरा खान्छौं त्यसमा अधिक मात्रामा अक्सिजन पनि  लिइरहेका हुन्छौं । यसलाई पनि समावेश गर्नुपर्ने हुन्छ । उदाहरणका लागि यदि तपाईको शरीरमा ३.५ किलो खाना प्रवेश गर्छ भने यस क्रममा ५०० ग्राम अक्सिजन पनि तपाइको शरीरमा खानासँगै प्रवेश गरेको हुन्छ ।

यसकारण तपाइको शरीरबाट ४ किलो बाहिर जानुपर्दछ । उनी भन्छन्–अन्यथा तपाइको तौल बढ्न जान्छ । उनका अनुसार तौल घट्नको लागि ती सबै कोशिकाबाट कार्बन बाहिर निस्कन जरुरी छ । मीरम्यान अगाडि लेख्छन्–दुर्भाग्यवश यो हुन सक्दैन् किनभने आवश्यकता भन्दा बढि श्वास लिन खोजियो वा लिइयो भने हाइपर्वेन्टलेशन हुन जान्छ जसका कारण व्यक्तिमा चक्कर आउने तथा बेहोश हुन समेत बेर लाग्दैन् । 

सबैभन्दा उत्तम उपाय के त ?
मीरम्यानले कसरत भन्दा बाहेक अन्य तरिकाबाट पनि शरीरको बोसो कम गर्न सक्ने उपाय बताएका छन् जसले पर्याप्त कार्बनडाइअक्साइड उत्पादन गर्न सकोस् । 

उदाहरणका लागि  एक ७५ किलो तौल भएको व्यक्तिले आरम गरिरहेका बेला ५९० ग्राम कार्बनडाइअक्साइड उत्पादन गर्ने गर्दछ । मीरम्यान भन्छन्–त्यस्तो कुनै दवाई वा पेय पदार्थले यसको मात्रा बढाउन सकिन्छ । सुतेको बेला एक व्यक्तिले करिब २०० ग्राम कार्बनडाइअक्साइड उत्सर्जित गर्दछ ।

यो भन्दा बाहेक उभिदाँ मात्र  हाम्रो मेटाबोलिक दुई गुणा हुन जान्छ भने टहलिदाँ, खाना पकाउँदा तथा घरको सफाईमा यो दर ३ गुणासम्म हुन जान्छ । यसकारण उनले कम खाना खान र धेरै भन्दा धेरै शरीर चलाउनु नै मोटोपनाबाट छुट्कारा पाउने गतिलो उपाय हुने बताएका छन् । 

Last modified on 2018-04-06 17:06:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts