तपाईंको पाटर्नर यौन लतमा त छैन ?



Download our app to get more features

एजेन्सी,२४ चैत्र । मदिरा तथा ड्रग्सको लतका बारेमा त सबैलाई प्रायः थाहा नै हुन्छ र यसका विषयमा खुलेर कुरा गर्ने पनि गरिन्छ ।

तर मानिसको जिवनमा अर्को एउटा लत पनि हुन सक्छ जसका बारेमा मानिसहरु नत खुलेर कुरा गर्न सक्छन् नत यसबारेमा धेरै जानकारी हासिल गरिरहेका हुन्छन् । विज्ञहरुका अनुसार संसारमै पछिल्लो समयमा यौन लत अत्याधिक बढिरहेको छ । तर यस विषयमा कुनै त्यस्तो अनुसन्धान नभएका कारण यकिन तथ्याँक भने भेटिएको छैन् । कतै तपाईको यौनसाथि पनि यौनलतमा फसेको त छैन् ? यसरी पहिचान गर्नुहोस् । 

जरुरतभन्दा धेरै गोपनियता    
के तपाईको पाटर्नर पछिल्ला दिनहरुमा तपाईसँग केही कुरा लुकाउन थालेका छन् ? आफ्ना दैनिक गतिविधीका बारेमा जानकारी दिन खोज्दैनन्? या फेरी हरेक समय आवश्यकता भन्दा बढि गोपनियता अपनाउन खोज्छन्? तपाईको सामुन्ने फोनमा कुरा गर्दैनन्, फोनमा कुरा गर्नका लागि पनि गोप्य ठाउँ खोज्न थालेका छन् भने सम्झिनुहोस् दालमा केही कालो छ । तर यी लक्षण नै अन्तिम होइनन् यसका लागि केही समय धैर्य गरेर पार्टनरलाई अझै बढि बुझेर मात्र प्रतिक्रिया जनाउनुहोस् । 

जतिबेला पनि यौनकै विषयमा सोच्ने
के तपाईको पाटर्नरको दिमगमा जतिबेला पनि सेक्सकै विषय सोचिरहेको तपाई अनुभव गरिरहनुभएको छ ? जीवनका सबै चीज तथा विषय बिर्सिएर यौनको विषय मात्र उसको दिमागमा चलिरहेको तपाई पाउनुहुन्छ? के प्रत्येक पल तपाईको साथि विचलित तथा अस्थिर मूडमा रहन्छ? यदि यस्तो छ भने तपाईको पाटर्नरमा यौन लत बसेको हुन सक्दछ । 

पार्टनरले ग्याजेटमा के हेरिरहेको हुन्छ?
तपाईको पार्टनर प्रत्येक पल इन्टरनेटमा यौनजन्य सामाग्री हेरिरहेको हुन्छ भने यो सामान्य लक्षण होइन् । यतिमात्र नभएर म्यागजिन तथा अन्य पुस्तकमा पनि उसको ध्यान यौनजन्य सामाग्री मै केन्द्रित छ भने यो यौन लतको बलियो लक्षण हुन सक्दछ । 

पोर्न अडिक्सन
विज्ञहरुका अनुसार यदि दुवै पार्टनरले सहमतिमा यौनजन्य साइट हेर्छन भने यसले सम्बन्ध अझ मजबुत बनाउन मद्दत गर्न सक्दछ । तर तपाईको पार्टनर एक्लै हुँदा पनि र धेरैजसो समय पोर्न फिल्म हेर्नमा व्यस्त रहन्छ र तपाइतिर खासै ध्यान दिदैन भने उ यौनलतमा फसेको हुन सक्दछ । 

(नवभारत टाइम्स)
 

Last modified on 2018-07-13 12:24:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts