बुढो भएपनि कम उमेरकै किशोरी चाहने भनाइ पुष्टि 



Download our app to get more features


एजेन्सी, २४ चैत । नेपालीमा एउटा उखान छ ‘तन बुढो भए पनि मन बुढो हुँदैन ।’ तर यो उखानलाई फिनल्याण्डको एक विश्वविद्यालयले प्रमाणित गरिदिएको छ । जतिसुकै बुढो भए पनि पुरुषहरुमा यौनसम्पर्क भने जवान युवतीसँग नै राख्न खोज्ने सोच हुने गरेको विश्वविद्यालयले गरेको अध्ययनले पुष्टि गरेको छ । 

विशेषगरी वृद्ध पुरुषहरूले यौनक्रियाको लागि २० वर्ष वा यही उमेर समूहको किशोरीलाई मन पराउने सो अध्ययनको दावी छ ।  साइउआर–एक्सआईबी नामको जर्नलमा सो अध्ययनको रिपोर्ट प्रकाशित भएको छ । यो अध्ययन फिनल्याण्डको तुर्कुस्थित अबो एकेडेमी यूनिभर्सिटीका साइकोलोजिष्टले गरेका हुन् । 

उक्त अध्ययनलले यौनक्रियाकलापका बारेमा महिलाको सोच बारे पनि नयाँ तथ्य पत्ता लगाएको छ । महिलाले त्यस्ता पुरुषलाई मात्र यौन पार्टनरलाई चुन्ने गर्छन् जो आफू भन्दा उमेरमा बढी होस् ।

अध्ययनमा २६ सय ५५ वयस्क सहभागी 
अध्ययनले २६ सय ५५ वयस्कलाई समावेश गरेको थियो । पुरुषले यौनकार्यका लागि सकेसम्म कम उमेरकी युवती मन पराउने भए पनि यौन कार्यका बेला उनीहरू बुढ्यौलीपन स्पष्ट झल्कने पनि बताइएको छ । जति नै कम उमेरकी युवती मन पराए पनि शारीरिक रुपमा भने पुरुष जवान नरहने र युवा फोर्स देखाउन नसक्ने अध्ययनले जनाएको छ । यसकारण पनि पुरुषको मन मात्रै बूढो नहुने तन भने उमेरसँगै कमजोर हुँदै जाने प्रमाणित भएको छ ।
 

Last modified on 2018-04-08 08:00:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts