आँप मात्रै होइन कोया पनि उत्तिकै स्वास्थ्यवर्धक 



Download our app to get more features

आँपलाई फलको राजा त्यसै भनिएको होइन । आँपको जस्तो सुगन्ध, स्वाद र मानव स्वास्थ्यका लागि फाइदा अन्य फलले दिदैन । रसिलो र स्वादिलो आँप मात्रै होइन यसको कोया पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छ । आँपको कोया, पात, बोक्रा, काठ सबै चिज प्रयोगमा आउने भएर पनि यो फललाई फलहरूको राजा भनिएको हो । 

आयुर्वेदमा उपचार पद्धतीमा आँपको रुखको हरेक भागलाई प्रयोग गरिन्छ । यहाँ आँपको कोयाले स्वास्थ्यलाई कसरी फाइदा गर्छ भनेर केही जानकारी प्रस्तुत गरिएको छ ।  

दाँत बलियो बनाउन
आँपको पातलाई सुकाएर धुलो बनाउने र यसमा आँपको कोयाको भित्री भागमा रहेको बस्तुलाई पिधेर मिसाउने । यो दुवैलाई मिसाएरर हरेक बिहान दाँत माझ्ने हो भने दात बलियो र सेतो बन्छ । साथै आँपको हरियो पात चपाउने हो भने पनि दाँत सम्बन्धी धेरै समस्या ठीक हुन्छ । 

कोलेस्ट्रोल ठीक गर्छ 
आँपको कोया खाएमा रक्तसञ्चारमा सहयोग गर्नुको साथै कोलेस्ट्रोल लेवल बढ्न नदिन पनि मद्दत गर्छ । 

मुटु सम्बन्धी समस्यामा राहत
यदि आँपको कोया सिमित मात्रामा नियमित खाएमा मुटु सम्बन्धी समस्यालाई राहत मिल्छ । आँपको कोयाले उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुको साथै रक्त धमनीहरुलाई पनि खोल्न र सबल बनाउँछ । 

कापाल उमार्न 
आँपको कोयाबाट बनेको तेलमा फ्याटी एसिड, मिनरल्स र भिटामिनले भरिपूर्ण हुन्छ । कोयाबाट घरैमा पनि तेल निकाल्न सकिन्छ । आँपको १२÷१३ वटा कोयालाई घाममा धेरै दिनसम्म सुकाएर त्यसलाई कुटेर कपडाले छानेमा तेल निस्कन्छ । यसलाई नरिवलको तेलमा पकाएर नियमित लगाउने हो भने कपाल उर्मान मद्दत गर्छ । साथै सेतो कपाल पनि कालो हुन्छ ।  

महिनावारीमा धेरै रगत बग्नबाट रोक्छ 
आँपको कोयाको धुँलो, दही र नुन मिसाएर खाएमा महिनावारीका बेलामा हुने अत्याधिक रक्तस्राव रोकिन्छ । 

मोटोपन घटाउँछ 
आँपको कोया नियमित सेवन गरेमा रक्तसञ्चार ठीक हुनुको साथै मुटु सम्बन्धी सबै समस्या ठीक हुन्छ । साथै कोलेस्ट्रोल लेवल पनि ठिक हुने हुँदा मोटोपन तिव्रगतिमा घटाउँछ । 
एजेन्सीको सहयोगमा
 

Last modified on 2018-07-13 13:35:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts