रासायनिक हमलामा बाँचेकाहरुमा शरीर काँप्ने, मुखबाट फिंज बग्ने लक्षण



Download our app to get more features

बीबीसी,२९ चैत्र । सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीको कब्जामा रहेको डुमा नगरमा रासायनिक हमला भएको हुनसक्ने विवरणमाझ त्यसको अन्तराष्ट्रिय स्तरमा निन्दा भइरहेको छ ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेटस्ले, भवनका भूमिगत तलाहरुमा कयौँ मानिसहरुको लाश देखिने तस्वीरहरु सामाजिक संजाल ट्वीटरमा राखेको छ।

एक उद्धारकर्ता समूहकी प्रवक्ताले उपचार गराउन पुगेका मानिसहरुमा शरीर काँप्ने, मुखबाट फिंज बग्नेसहित अन्य लक्षणहरु देखिएको विवरणहरु आएको बताएकी छिन्। त्यस्ता लक्षणहरु स्नायु प्रणालीमा असर गर्ने पदार्थ वा क्लोरिन ग्याससँगको सम्पर्कमा आएपछि देखिने उनले बताइन्। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts