मिर्गौला पीडित मन्त्री जेट्लीको प्रत्यारोपणमा समस्या



Download our app to get more features

बीबीसी,२९ चैत्र । ६५ वर्षिय भारतीय वित्तमन्त्री अरुण जेट्ललीको मिर्गौला प्रत्यारोपणमा समस्या भइरहको छ । केहीसमय अगाडि उनी आफैंले आफ्नो मिर्गौलाम गम्भीर समस्या भएको सार्वजनिक गरेका थिए । 
केहीदिन अगाडि आफ्नो ट्विटरमा उनले यस्तो लेखेका थिए–'मेरो मिर्गौलासँग जोडिएको रोगले मलाई सताइरहेको छ र यसको उपचार चलिरहेको छ,यसकारण अहिले म घरकै नियन्त्रित परिवेशमा  रहेर आफ्नो काम गरिरहेको छु । आगामि काम के कसरी अगाडि बढ्ने छ यस विषयमा चिकित्सकहरुले निक्र्यौल गर्न बाँकी छ' ।

वित्तमन्त्रीको यो ट्विटले सारा संसारलाई उनी मिर्गौला पीडित रहेछन् भन्ने जानकारी दिएको छ । यो सँगै गत आइतबार मन्त्री जेट्ली मिर्गौलाको डायलासिससँगै प्रत्यारोपणका लागि एम्स अस्पतालमा  राखिएको समाचार सार्वजनिक भएको थियो । आइतबार नै मन्त्री जेट्लीको मिर्गौला प्रत्यारोपण गरिने भनेपनि  उनलाई मधुमेह पनि देखिएकाले यस कार्यमा ढिलाई भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई मिर्गौला दान गर्ने व्यक्तिको परिचयभ ने गोप्य राखिएको छ । 


 

Last modified on 2018-04-15 09:10:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts