पेटभित्र एपेन्डिक्स फुटेर अष्ट्रेलियामा मृत्युसँग लड्दै समीर

सहयोगको याचना



Download our app to get more features

अष्ट्रेलिया,१ वैशाख । छ महिना अघि श्रीमति पढाउन अष्ट्रेलिया उत्रिएका समिर शाहलाई यति छिट्टै जिवन र मरणको दोषाधमा पुग्छु भन्ने लागेको थिएन । तर समयको खेल गत फेब्रुअरी १२ तारिख साँझ काम गरिरहेकै बेला अचानक उनको कोखा दुख्न थाल्यो । त्यहि कोखाको दुखाईलाई सामान्य सम्झिदा २८ वर्षका समिरको तीन पटक अप्रेसन गर्नुपर्याे ।

पेट भित्रै कसरी फुट्यो एपेन्डिक्स ?
फेब्रुअरी १२ मा कोखा दुख्न थालेपनि कामको सामान्य दुखाई ठानेर समिर अस्पताल गएनन् । भोली पल्ट स्ट्राटफिल्डको एक जनरल फिजिसियनलाई देखाए । चिकित्सकले एपेन्डिक्स्साईटिसको लक्षण हुनसक्छ त भने तर औषधिले दुखाई कम भए केही गर्नु नपर्ने बताए । औषधिले दुखाई हराएपछि समिर ढुक्कले बसे । तर दुई दिनपछि फेरि उस्तै दुखाई हुनथालेपछि अर्वन अस्पताल पुगेर जाँच गर्दा एपेन्डिक्सभित्रै फुटिसकेको पाईयो । त्यसपछि समिरको खास दुख सुरु भयो ।

ईन्फेक्सन भएपछि ३ पटक अप्रेसन ।
अस्पताल आउनु अघि एपेन्डिक्स फुटिसकेकाले एसिड पेटभित्र फैलिएर अरु अंगमा पनि असर गरिसेकेको थियो । चिकित्सकले एसिड सफा गरेर अप्रेसन त गरे तर ९ दिनपछि अप्रेसनको घाउ ईन्फेक्स भई पाक्न थाल्यो । 

ईन्फेक्सन भएपछि सिलाएको अप्रेसन फेरि खोलेर सफा गरि २८ वटा टाका लगाईयो । अब त केही हुदैन होला भन्ने आशा थियो । तर १२ दिन पछि फेरि ईन्फेक्सन दोहोरिएपछि तेस्रो चोटी अप्रेसन गरिएको छ । ईन्फेक्सनको खतरा बढेपछि चिकित्सकले अप्रेसनको आधा घाउ खुल्लै राखेर पाईप जडान गरिदएका छन् ।

पैसाको खोलो अब कसरी तिर्ने ?
समिरकी श्रीमती सन्ध्या खनाल सिड्नीमा डिप्लोमा पढ्छिन् ।दुबै जनासँग स्थायी जागिर छैन । कलेजको फि तिर्नै सघर्ष गरिरहेका यो जोडीलाई उपचार खर्च जुटाउनै धौ धौ परेको छ । अहिलेसम्म उपचारका लागि ७० हजार डलर खर्च भईसकेको छ । ईन्स्योरेन्सले केही रकम तिर्ने बाचा गरेपनि सबै खर्च बेहोर्न आनाकानी गरिरहेको सन्ध्याले जानकारी दिइन् । 

घर अस्पताल गर्दा गर्दा दुई महिना यो जोडीले काम समेत गर्न सकेका छैनन् । कोठा भाडा नतिरेको एक महिना भईसक्यो । कलेज फि तिर्न नसकेर सन्ध्याले कलेजमा फि तिर्ने समय सिमा बढाईदिन निवेदन हालेकी छिन् ।

यसरी गर्नुस् सहयोग
सन्ध्या र समिरको अवस्था देखेपछि गैर आवासिय नेपाली संघले सहयोग रकम उठाउन थालेको छ । संघको राहत कोषमा पनि सन्ध्याले सहयोगको याचना गरेकी छिन् । उपाध्यक्ष्य नन्द गुरुङको सक्रियतामा रकम संकलन भईरहेको छ । हालसम्म केही हजार डलर संकलन भईसकेको छ ।

Last modified on 2018-04-15 08:29:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts