गर्भावास्थापछि कपाल झर्न नदिन अपनाउनुहोस् यी उपाय



Download our app to get more features

बच्चा पाइसकेपछि प्रायः महिलाले आफ्नो अनुहारमा पुरानै चमक फेरी ल्याउन खासै प्रयास गर्दैनन् । गर्भवति भएदेखि नै महिलाको शरीरमा एस्ट्रोजेनको मात्रा कम हुन थाल्छ । जसले गर्दा कपाल पनि झर्न थाल्छ । यो अवस्थामा निम्न उपाय अपनाए कपाल झार्नबाट महिलाहरू बच्न सक्छन् । 

अण्डाको सेतो भाग
एउटा अन्डाको सेतो भागमा तीन चम्चा ओलिभ आयल मिसाएर कपालमा लगाउने । यो उपायले गर्भावास्थामा कपाल झर्नबाट रोक्न निकै  राम्रो भूमिका खेल्छ । यसले कपालमा कन्डिसनरको काम गर्छ । साथै कपाललाई चाहिने पोषण पनि प्राप्त हुन्छ । सातामा दुई पटक यस्तो गर्न सके कपाल झर्न कम हुनुका साथै कपाल मुलायम पनि हुन्छ ।

मेथीको दाना 
कपाल झर्नबाट रोक्न मेथीमा जादुमय गुण हुन्छ । मेथीको दानालाई रातभर पानीमा भिजाउने र भोलिपल्ट बिहान मेथीको दानालाई पानीबाट छानेर पानीलाई कपालमा लगाउने र २ घन्टा सम्म छोड्ने । मेथी दानाको पानीले कपाल झर्नबाट रोक्नुको साथै चाँयाको समस्याबाट पनि मुक्ति दिन्छ । 

दही 
दही कपालको लागि उत्तम कन्डिसनर हो । सानो कचौरामा दही लिएर मज्जाले फिट्ने र कपालको जरामा लगाउने । करिब १० मिनेटपछि कपाललाई धुने । यसले कपाललाई नरम बनाउनुका साथै चाँयाको समस्याबाट छुट्कारा दिलाउँछ ।

नरिवलको दुध
कोकोनट मिल्क अर्थात् नरिवलको दुधले पनि कपाल झर्नबाट रोक्छ । त्यसका लागि नरिवलको दुधले नियमित कपालमा मसाज गर्नुपर्छ । यसो गर्दा कपाल झर्न रोकिनुका साथै नयाँ कपाल आउन पनि थाल्छ । जसले कपाल बाक्लो हुनुका साथै मुलायम पनि हुन्छ ।

भृंगराज 
भृंगराज एक प्रकारको आयुर्वेदिक गुण भएको जडिबुटि हो । बगँैचा वा अन्यत्र पनि यो सजिलै पाउन सकिन्छ । यसको प्रयोगले कपाल सम्बन्धी सबै समस्यामा राहत दिलाउँछ । भृंगराजको पेस्ट बनाएर कपालको साथै जरामा लगाउनाले कपाल झर्ने समस्यामा राहत दिन्छ । 

 

(आयुर्वेद डा. आस्था राईसँगको कुराकानीमा आधारित)

Last modified on 2019-02-12 22:40:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts