गर्मीयाममा उखुको रस पिउनुको ७ फाइदा



Download our app to get more features

गर्मीमा उखुको रस सेवन जिब्रोको स्वाद बढाउने मात्रै होइन यसले सम्भावित विभिन्न रोगबाट पनि टाढै राख्छ । उखुको रस सेवन गर्नाले एनीमिया, जण्डिस लगायत रोगबाट टाढै राख्छ । उखुमा प्रशस्त मात्रामा मिनरल, भिटामिन र एन्टीअक्सिडेन्ट पाइन्छ । जसको सेवनले परिर्वतित मौसममा हुने विभिन्न रोगबाट मुक्ति मिल्छ । साथै जो व्यक्ति तौल घटाउने सोचमा छ उसका लागि पनि उखुको रस निकै फलदायी हुन्छ । किनकी उखुको रसमा चिल्लोपन सून्य हुन्छ । साथै यसमा भएको गुलियो पनि प्राकृतिक भएकाले यसले मधुमेहका बिरामीका लागि पनि कुनै हानी गर्दैन । उखुको रस खानुका फाइदाहरू निम्न छन् :—

१. अनुहारको चायाँ हटाउछ 
नियमित रुपमा उखुको रस सेवन गर्नाले अनुहारमा भएका चायाँलाई हटाउन मद्दत गर्छ । साथै उखुको रसमा मुल्तानी माटो मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउँदा पनि निकै फाइदा मिल्छ । यसरी बनाएको मास्कलाई करिब २० मिनेटसम्म अनुहारमा राख्नुपर्छ । यसपछि चिसो तौलियाले पुछ्नुपर्छ ।

२. शक्ति प्रदायक
उखुको रस सेवनले शरीरमा तुरुन्त शक्ति ल्याउन मद्दत गर्छ । यती मात्रै होइन । उखुको रस खानाले शरीरलाई फूर्तिलो पनि बनाउँछ । 

३. मुधमेहका बिरामीले पनि सेवन गर्न सक्छन
मधुमेहका बिरामीले पनि उखुको रस सेवन गर्न सक्छन । उखुको रसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । उखुको रसमा हानीकारक गुलियोपन हुँदैन ।

४. क्यान्सरबाट जोगाउँछ 
विशेषगरी प्रोस्टेट, पेट, फोक्सो र स्तन क्यान्सरका जीवाणुलाई निस्तेज गर्ने गुण उखुको रसमा हुन्छ । 

५. वान्ता रोक्छ 
यदि गर्मीका कारण बारम्बार वान्ता हुन्छ भने त्यस्तो अवस्थामा एक गिलास उखुको रस सेवन गरे फाइदा पुग्छ । एक गिलास उखुको रसमा २ चम्चा मह मिलाए अझै राम्रो हुन्छ । 

६. पिसाब पोलेको ठीक गर्छ
पिसाब फेर्दा पोल्छ भने त्यस्तो अवस्थमा उखुको रस सेवन गरे निकै राहत मिल्छ । साथै उखुको रसले पिसाब सम्बन्धी अन्य समस्या पनि ठीक पार्छ । 

७. तौल नियन्त्रणमा राख्छ
उखु गुलियो हुनुको बाबजुद पनि यसमा चिल्लो पदार्थ सून्य हुन्छ । यसले मानव शरीरको खराब कोलेस्ट्रोलको कम गर्नुको साथै तौल बढाउने कारणलाई पनि कम गर्छ । उखुको रसमा घुलनशील फाइबर हुने भएकाले तौल घटाउन निकै सहयोग गर्छ । 

 

(आयुर्वेद चिकित्सक अमित कर्ण सँगको कुराकानीमा आधारित)

Last modified on 2018-04-18 14:04:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts