कृत्रिम गुलियोले निम्त्याउँछ यस्ता खतरनाक रोग !



Download our app to get more features

खाद्य पदार्थमा उपयोग गरिने कृत्रिम गुलियो स्वास्थ्यका लागि घातक हुन सक्छ । 

कृत्रिम गुलियोले मुटु रोग, उच्च रक्तचाप, मधुमेहको जोखिम बढाउँछ । ‘क्यानेडियन मेडिकल एसोसिएसन जर्नल’ (सीएमएजे) मा प्रकाशित अध्ययनअनुसार धेरैजसो व्यक्ति चिनीको साटो कृत्रिम गुलियो उपयोग गर्छन् । 

कृत्रिम गुलियो उपयोग गर्नाले शारीरिक तौल बढ्ने सम्भावना हुन्छ भन्नेचाहिँ उनीहरूलाई हेक्का हुन्न । यस्तो बानीले कालान्तरमा मुटुको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ ।  

उक्त अध्ययनअनुसार, एस्पार्टेम, सुक्रलोज र स्टेबियाजस्ता कृत्रिम गुलियो पदार्थले व्यक्तिविशेषको जीवनलाई कायम राख्ने आवश्यक रासायनिक प्रक्रिया ‘मेटाबोलिज्म’ मा असर गर्छन् ।  

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-04-20 08:09:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts