डेंगुको आयुर्वेदिक औषधि अर्को वर्ष बजारमा आउने



Download our app to get more features

एजेन्सी । भारतीय वैज्ञानिकहरूले डेंगु उपचारका लागी आयुर्वेदिक औषधि विकास गरेको दावी गरेका छन् । 

भारत सरकारको आयुर्वेद, योग एवं प्राकृतिक चिकित्सालय, युनानी, सिद्ध एवं होमियोपेथि (आयुष) मन्त्रालयको स्वायत इकाई केन्द्रीय आयुर्वेदिय विज्ञान अनुसन्धान परिषद् र कर्नाटकको बेलगाँवको क्षेत्रीय अनुसन्धान केन्द्र (आईसीएमआर) को संयुक्त प्रयासमा विकास भएको सो औषधि अर्को वर्षदेखि सर्वसाधारणका लागि बजारमा ल्याइने वैज्ञानिकहरुले दावी गरेका छन् । 

डेंगू निवारणको पहिलो आयुर्वेद औषधि
वैज्ञानिकहरूका अनुसार, यदि वास्तविक मै डेंगू उपचारको औषधिको विकास गरेका हुन् भने यो डेंगूको लागि बनेको पहिलो आयुर्वेदिक औषधि हुनेछ । भारतको सीसीआरएएसका महानिर्देशक प्रोफेसर वैद्य के. एस. धिमानका अनुसार ‘यो औषधि सात ओटा यस्तो जडिबुटीबाट बनेको छ जसको प्रयोग आयुर्वेदमा बर्षौदेखि हुँदै आएको छ ।’

डेंगू रोग निवारण गर्ने औषधिको शुरुवाती अध्ययन दिल्लीको मेदान्त अस्पताल र चिकित्सकीय रुपबाट यो औषधि सुरक्षित भएको अध्ययन बेलगाँव र कोलारमा भएको हो ।
 

Last modified on 2018-04-21 09:22:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts