व्यायाम गर्ने समय यी गल्ती कहिल्यै नगर्नुस् !



Download our app to get more features

के तपाईँ चाहनुहुन्न ! जब तपाईं व्यायाम गर्नुहुन्छ त्यसको पुरा फाइदा तपाईँलाई पुगोस् ? यदि तपाई व्यायामको पुरा फाइदा लिन चाहनु हुन्छ भने व्यायामको समय आफ्नो स्मार्टफोन बन्द गरिदिनुहोस । 

एक अध्ययनका अनुसार, व्यायामको बेला मोबाइलमा कुरा गर्नाले वा म्यासेजमा कुरा गर्नाले व्यायामको प्रवलता र त्यसको फाइदालाई कम गरिदिन्छ । 

अमेरिकाको हाइरम कलेजका असिस्टेन्ट प्रोफेसर माइकल रेबोल्डका अनुसार, लगातार म्यासेज टाइप गरिरहनु र मोबाइलमा कुरा गर्ने एक व्यक्तिको दिनचर्यामाथि व्यापक असर गर्छ । रेबोल्डले भने, ‘व्यायामको बेला जब हामी मोबाइलको प्रयोग गर्छौँ तब ध्यान दुई तिर बाँडिन्छ । जसले व्यायामको पुरै फाइदा प्राप्त हुँदैन र कतिपटक चोट लाग्ने र खुट्टा मोडिने खतरा पनि हुन्छ ।’

अर्कोतर्फ व्यायामको समय गितसंगित सुन्नु राम्रो हुन्छ । अध्ययनमा भनिएको छ , व्यायामको समय गितसंगित सुन्नाले ध्यान केन्द्रित गर्नमा सजिलो हुन्छ । जसले तपाईँलाई व्यायाम गर्न सजिलो र त्यसको पूर्ण फाइदा प्राप्त हुन्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-10-07 09:09:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts