पालुगोंको जुस पिउदाका यस्ता छन् फाइदा...



Download our app to get more features

पालुगोंको सागमा शारीरिक विकासका लागि आवश्यक पर्ने लगभग सबै पोषक तत्वहरु पाईन्छ । मिनरल्स, भिटामिन र अन्य पोषक तत्वले भरपूर पालुगों साग एक उत्तम खाने तत्व हो ।

सामान्यतया हामी पालुगों सागको तरकारी बनाएर वार परौठा बनाएर खाने गर्छौ । तर, यदी पालग सागको पूर्ण रुपले फाइदा लिने हो भने पालगको जुस पिउनु सबैभन्दा बढी लाभदायक हुन्छ । तर, पालुगोंको जूस बनाउँदा धेरै पातलो बनाउनु हुँदैन अन्यथा त्यसमा भएको सबै फाइबर हराएर जान्छ ।

पालुगोंमा भिटामिन ए, सी, ई, के र बी कम्प्लेक्स पर्याप्त मात्रामा पाईन्छ । त्यस बाहेक यसमा म्याग्नीज, क्यारोटीन, आइरन, आयोडीन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, फस्फोरस र आवश्यक अमीनो एसिड पनि पाइन्छ ।

पालुगोंको जुस पिउनुको ५ कारण :

१. पालुगोंकोे साग भिटामिन के को राम्रो स्रोत हो । त्यसैले पालुगोंको  जुस पिउनाले हड्डीहरु बलियो हुन्छ ।

२. पाचन क्रियालाई राम्रो बनाइ राख्न पालुगोंको जूस पिउन सल्लाह दिइन्छ । यसले शरीरको विषाक्त पदार्थहरुलाई बाहिर निकाल्ने काम गर्नमा मद्दत गर्छ । साथै यदी कब्जियतको समस्या छ भने पालुगोंको जुस फाइदाजनक हुन्छ ।

३. छालासँग सम्बन्धित कुनै समस्या छ भने पालुगोंको जूस पिउनु राम्रो हुन्छ । पालुगोंको जुस पिउनाले छाला सुन्दर र जवान बनी रहन्छ । साथै कपालको लागि पनि पालुगोंको जुस राम्रो मानिन्छ ।

४. गर्भवती महिलाहरुलाई पनि पालुगाको जूस पिउने सल्लाह दिइन्छ पालुगांकोे  जुस पिउनाले गर्भवती महिलाको शरीरमा आइरनको कमी हुँदैन ।

५. पालुगोंमा पाइने क्यारोटिन र क्लोरोफिलले क्यान्सरबाट बचाउनमा सहयोग गर्छ । त्यस बाहेक आँखाको रोशनीको लागि पनि पालुगोंको जुस पिउनु उत्तम हुन्छ ।


(बीबीसी फुडबाट)

Last modified on 2018-04-24 14:20:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts