गर्मीमा मकै खाँदै हुनुहुन्छ भने गुलियो मकै खानुस् !



Download our app to get more features

तपाईलाई मकै कतिको मन पर्छ ? हामीले आफ्नो दिनचर्यामा प्रायः जसो पोलेको र भुटेको मकै समावेश गरिरहेका हुन्छौँ ।

मकै खानु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक पनि हो । अझ गुलियो मकै खानुको फाइदाको बारेमा तपाईलाई थाहा नहुन सक्छ । गुलियो मकै (स्विट कर्न) खानाले तपाईँलाई कस्ता फाइदा हुन्छ त्यसबारे थाहा पाउनु भयो भने तपाईँले अरु मकैको प्रकार खान बिर्सनु हुन्छ । तपाईँलाई मकैको पिठो सजिलै नभेटेपनि हरियो पहेँलो मकै सजिलै बजारमा किन्न सक्नु हुन्छ । 

स्वीट कर्नको प्रयोग हामीले मुुख्यतः पिठोको रुपमा, सूपमा, स्न्याक्सको रुपमा र टपिंगको लागि गर्ने गर्छौँ । स्वीट कर्नमा भिटामिन ए, बी र ई भरपूर मात्रामा पाइन्छ । त्यस बाहेक स्विट कर्नमा खनिज लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसमा पाइने फाइबरले पाचन क्रियालाई राम्रो बनाउँछ र फाइटोकेमिकल्सले अनेक प्रकारका रोगहरुसँग सुरक्षित राख्नमा मद्दत गर्छ ।

नियमित स्विट कर्न खानुको फाइदा :

१. ब्लड शुगरको मात्रालाई  नियन्त्रणमा राख्न मद्दत गर्छ ।   स्वीट कर्नमा पाइने स्टर्च र फाइबरले ब्लड प्रेशरलाई पनि  नियन्त्रणमा राख्न मद्दत गर्छ ।

२. क्यान्सरबाट जोगाउँछ र बढ्दो उमेरको लक्षणलाई पनि रोकथाम गर्नमा सहयोगी हुन्छ ।    स्वीट कर्न phenolic flavonoid antioxidants र ferulic acid को राम्रो स्रोत हो । ferulic acid ले क्यान्सरबाट जोगाउँनमा सहयोगी हुन्छ । त्यसबाहेक यसले बढ्दै गरेको उमेरको लक्षणलाई पनि छिटो हावी हुन दिंदैन ।

३. पाचन क्रियालाई राम्रो राख्नमा सहयोगी   स्वीट कर्नमा फाइबरको राम्रो मात्रा हुन्छ । जसले पाचन क्रियालाई राम्रो बनाउने काम गर्छ । स्वीट कर्नले कब्जियत र ग्यास्ट्रिक जस्ता समस्याबाट जोगाउँछ ।

४. आँखाको रोशनीलाई राम्रो बनाउँछ   । स्वीट कर्नमा एन्टी–अक्सीडेन्ट पाइन्छ । क्यारोटोनोइड्सका कारणले आँखा सँग सम्बन्धित अनेक रोगहरु लाग्ने खतरा कम गर्छ ।   (एजेन्सीको सहयोगमा) 

 

Last modified on 2018-04-30 13:25:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts