पिसाब किन पोल्छ ?



Download our app to get more features

पिसाब पोल्ने समस्या हामी धेरैलाई हुनसक्छ । कतिपयले हिचकिचाहाटले पनि यो समस्या लुकाइराखेको हुन्छौं । 

पिसाब पोल्ने धेरै कारणहरु मध्य धेरैलाई देखिने कारणहरु बारे यहाँ चर्चा गरिनेछ ।  

 पिसाब पोल्ने कारणहरु के हुन ?

मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।  

मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ ।

पत्थरीको कारणले  मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ ।  

विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ । 

पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।   

पिसाब पोल्ने संगसंगै अरु के लक्षण देखिन सक्छ  ?

  • पिसाब गर्न गाह्रो हुने वा दुख्ने 
  • चाडो चाडो पिसाब लाग्ने
  • पिसाब थाम्न गाह्रो हुने 
  • पिसाबमा रगत देखिने 
  • पिसाबको रंग बदलिने वा गाडा हुने 
  • दायाँ वा बायाँ कम्मर दुख्ने 
  • ज्वरो आउने, टाउको दुख्ने, काम्ने,
  • चिडचिड पसिना आउने 

जाँच कसरी गर्ने  ?

माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण के रहेछ भनेर जानकारी लिइहाल्नुपर्छ ।  त्यसको निम्ति अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम पिसाबको जाँच, रगतको जाँच, भिडियो एक्सरे आदि  गराउनुपर्छ ।  

उपचार के हो  ?

पिसाब पोल्ने एउटा लक्षण मात्र भएकाले कुन रोगको कारण यो लक्षण देखिएको हो थाहा पाएर त्यसै अनुरुप उपचार  गराउनु पर्छ ।

संक्रमण भएमा चिकित्सकको सल्लाह बमोजिम घरैमा वा अस्पताल बसेर एन्टीबायोटिक खानुपर्छ । पत्थरीको भएको भए आकार अनुसार शल्यक्रिया गरेर वा नगरेरै पनि अन्य विधिबाट उपचार गर्न सकिन्छ ।  

पिसाब पोल्नबाट बच्ने उपायहरु

  • यथेष्ट मात्रामा पानी पिउने ।
  • कम्तीमा पनि दीनको दुई लिटर पानी पिउनाले संक्रमण वा पत्थरी दुबैमा फाइदा गर्छ र  पिसाब पोल्ने कम हुन सक्छ ।  
  • यौनाङ्गको सरसफाइमा ध्यान दिनाले संक्रमणबाट जोगिन मद्दत पुर्याउँछ ।
  •  यौनरोगहरुबाट बच्न विभिन्न सावधानीका उपायहरू अपनाउने ।


 

Last modified on 2018-05-01 16:15:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts