डार्क सर्कल हटाउने घरेलु विधि



Download our app to get more features

हरेक मानिसलाई आकर्षक बन्ने चाहना हुन्छ ।

विशेषगरी महिलाहरु आफ्नो स्वास्थ्यप्रति बढी नै संवेदनशील र सजग हुने गरेका छन् । पछिल्लो समय व्यस्त दैनिकी र खानपानका कारण कतिपय मानिसमा विभिन्न स्वास्थ्य समस्या आउने गरेका छन् । छालासम्बन्धी विभिन्न समस्यामध्ये अनुहारमा देखिने समस्या पनि उत्तिकै छन् । हिजाेआज अधिकांश महिलाको अनुहारमा देखापर्ने समस्या हो डार्क सर्कल । 

शरीरमा पोषक तत्वको कमी हुनु, पर्याप्त नसुत्नु, शारीरिक कमजोरी, तनाव तथा हर्मोन गडबडीका कारण आँखाको तलपट्टी कालो घेरा अर्थात डार्क सर्कल देखापर्ने हुन्छ । डार्क सर्कलले अनुहारको सुन्दरतामा ठुलो असर पुर्याउँछ । डार्क सर्कल हटाउन घरेलु उपायहरु पनि छन् । 

काँचो आलु: काँचो आलुको जुस बनाउने । तयार पारीएको जुसलाई कपासको सहायताले आँखा मुनिको कालो घेरा अर्थात डार्क सर्कलको क्षेत्रमा लगाउने । १० देखि १५ मिनेटको समय पछि मनतातो पानीले मुख धुने । यहि प्रक्रिया दिनमा दुई पटक गर्ने हो भने डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।

कागती र गोलभेडाको रसः एक चम्चा कागतीको रस र एक चम्चा गोलभेडाको रस मिलाएर कालो घेरामा लगाउने र १० मिनेटपछि धुने । यसरी लगातार केही दिनसम्म दिनहुँ यही प्रक्रिया दोहोराइ रहँदा डार्क सर्कल हट्दै जान्छ । 

टि ब्याग: दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्ने र चिसिएको टि ब्याग निकालेर डार्क सर्कलमा १० मिनेटसम्म राख्ने । त्यसपछि सफा पानीले अनुहार धुनुहोस डार्क सर्कल हट्दै गएको अनुभव गर्नुहुने छ ।  एजेन्सीकाे सहयाेगमा

 

Last modified on 2018-05-04 11:42:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts