चीनमा औषधिका लागि पिउने गरिन्छ साङलोको सर्वत !



Download our app to get more features

बीबीसी,२२ वैशाख । तपाई घरमा पाईने किट साङलोबाट डराउनुहुन्छ ? या यो जीव देखेपछि तपाईलाई रिस अनि घिन उठ्न थाल्छ । तर हाम्रै छिमेकी देश चीनमा भने यो पैसा कमाइको राम्रो स्रोत बनिरहेको बीबीसीले लेखेको छ ।

साङलो औषधि कम्पनी तथा चिनी उद्योगको लागि भवना सरह भएको छ । चीन लगायतका अन्य एसियाली देशमा समेत साङलोको व्यवसायिक उत्पादन शुरु गरिएको छ । चीनको सिचान्ङगमा रहेको एक औषधि कम्पनीले प्रत्येक वर्ष ६०० करोड साङला उत्पादन गर्ने गर्दछ । साउथ चाइना मोनिङ पोष्टका अनुसार एक ठूलो भवनमा ती साङलाहरु पाल्ने गरिन्छ । उक्त भवनको क्षेत्रफल लगभग दुइवटा खेलमैदान बराबर रहेको छ । त्याहाँ काठका दराजमा पातला र्याक बनाएर पाल्ने काम भइरहेको छ ।

साङलाका लागि खाना तथा पानीको पनि राम्रो व्यवस्था गरिएको छ । त्याहाँको वातावरण अँध्यारो तथ साङगोलाई उचित हुने तापक्रम मिलाइएको छ ।उक्त फार्ममा साङग्लालाई घुमफिर गर्ने तथा प्रजनन गर्न मिल्ने प्रशस्त ठाउँको व्यवस्था मिलाइएको छ । साङलाहरुलाई सूर्यको प्रकाश पर्नबाट जोगाइएको छ भने उनीहरु बाहिर निस्कन नसक्ने गरी राखिएको छ । उक्त फर्मको लक्ष्य भनेकै थोरै समयमा धेरैभन्दा धेरै साङलाहरु उत्पादन गर्नु हो ।

औषधीय गुण
जब साङलाहरु जवान हुन्छन् तब यीनलाई थिचेर सर्वत जस्तै बनाइन्छ र परम्परागत दवाईका रुपमा पिउने गरिन्छ । यसको प्रयोग वान्ता, पेटको अल्सर, श्वसप्रश्वास सम्बन्धी कठिनाई लगायतका अन्य थुप्रै रोग सन्चो पार्नका लागि प्रयोग गर्ने गरिन्छ । यस औषधिलाई विज्ञहरुले चमात्कारिक औषधिका रुपमा परिभाषित गर्ने गर्दछन् ।अन्य औषधिको तुलनामा साङलोको सर्वत बढि प्रभावकारी हुने गरेको सरोकारवाला चिकित्सकको भनाई छ ।
 

Last modified on 2018-05-06 07:00:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts