प्रदूषित पानी पिउनाले कम्बोडियामा ५ को मृत्यु



Download our app to get more features

कम्बोडिया, २३ वैशाख । कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ । 

प्रदूषित पानीकै कारण १८ जना बिरामी भएर अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 

“शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि बिरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भने । 

उनले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताए । 

प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिए ।

रासस

Last modified on 2018-05-06 07:50:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts