यि पाँच खानेकुरा काँचो कहिल्यै नखानुस्



Download our app to get more features

केहि खानेकुरा यस्ता हुन्छन् जसलाई काँचो खानाले हाम्रो स्वास्थ्यलाई हानीपु¥याउन सक्छ । त्यस्ता खानेकुरामा प्राकृतिक विष पाइन्छ जुन हामीलाई थाहा हुँदैन र त्यसलाई पचाउन पनि निकै गाह्रो हुन्छ । डाइटिशनहरुका अनुसार केहि यस्ता खानेकुरा जुन खानाले पेट दुख्ने समस्या सुरु हुन्छ र त्यसबाट टाढै बस्नु पर्छ । जानौँ कुन खानेकुरा काँचै खानु हुँदैन...
दूध :

दूधलाई नउमालिकन कहिल्यै पिउनु हुँदैन । काँचो दूधमा धेरै प्रकारका रोग लाग्ने ब्याक्टेरियाहरु पाइन्छ । जसले गर्दा काँचो दूध पिउनाले तपाई विभिन्न रोगको शिकार बन्न सक्नु हुन्छ । 

अन्डा :

अन्डालाई पनि काँचै खाने गर्नु भएको छ भने अब सावधान हुनु्स् । काँचो अन्डा स्वास्थ्यको लागि हानिकारक हुन्छ । काँचो अन्डा प्रयोग भएको कुनै पनि खानेकुरा नखानु नै स्वास्थ्यको लागि राम्रो हुन्छ ।

मह :

अध्ययनका अनुसार मह चाकाबाट निकालेर यत्तिकै खानु हुँदैन । किनभने कतिपय चाकामा नै ग्रेयानोटक्सिन नामक तत्व पाईन्छ जसको सेवनले शिथिलता र कमजोरी हुने खतरा बढ्छ । त्यसैले चाकाको महलाई राम्रो सँग प्रशोधित गरेर मात्रै खानु पर्छ ।

जाइफल :

जायफलको धेरै सेवन गर्नाले स्वास्थ्यमा नोक्सान पुग्न सक्छ । जायफलको प्रयोग ५ ग्राम मात्रै उपयोग गर्नु राम्रो हुन्छ । तर,जायफल काँचो भने खानु हुँदैन ।

 राजमा :

राजमा लोकप्रिय गेडागुडीमध्येको एक हो । तर, राजमा कहिल्यै पनि काँचो खानु हुँदैन । यसले पेट सँग सम्बन्धीत रोगहरु लाग्न सक्छ । राजमामा ल्याक्टिन र कलप्रिट नामक एसिड पाइन्छ जुन पेटको लागि हानिकारक हुन्छ । राजमालाई कम्तिमा पनि ५ घण्टा पानीमा भिजाएर राम्रोसँग उमालेर मात्रै खानु पर्छ । (एजेन्सीको सहयोगमा)

 

Last modified on 2018-05-07 09:43:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts