एन्टिबायोटिक्सले भन्दा पनि छिटो चिनीले निको पार्छ घाउ



Download our app to get more features

बीबीसी, २६ वैशाख । खासगरी चिया तथा मिठाई बनाउनका लागि प्रयोग गरिने चिनिले शरीरमा लागेको घाउ समेत निको पार्दछ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ ।

तर यसको प्रयोगात्मक अभ्यास भइसकेको छ । अफ्रिकी देश बोत्सवानाकी एक महिलाको खुट्टामा लागेको घाउ लगातार ५ वर्षदेखि निको भइरहेको थिएन । डाक्टरहरुले उनको खुट्टा नै काटेर फाल्नुपर्नै सल्लाह दिन थालेका थिए । यसैक्रममा उनका एक साथिले घाउमा चिनी राखेर त्यसमाथि पट्टी बाँध्न सल्लाह दिए । त्यसको केहीदिन मै यस्तो चमात्कार भयो की ती महिलाको घाउ विस्तारै पुरिदैंगयो र उनको खुट्टा काट्नुपर्ने आवश्यकता नै रहेन ।

ब्रिटेनमा पनि अहिलेसम्म ४१ जनामा चिनीको प्रयोगले शरीरको घाउ पूर्णरुपमा निको भइसकेको छ । यो विषयमा त्याहाँका चिकित्सकहरुले आफ्ना मेडिकल कन्फ्रेन्सहरुमा बोलिसकेका छन् । यसले मधुमेहका बिरामीलाई समेत फाइदा पुगेको बताइएको छ । यतिमात्र नभएर अमेरिकाका एक जनावर डाक्टर मौरिन मेकमाइकलले पनि चिनीको प्रयोगबाट जनावरको घाउ ठीक पारिसकेको बीबीसीले लेखेको छ । मौरिनले सन २०००बाट चिनीको प्रयोग गरि घाउ ठीक पार्ने काम शुरु गरेका थिए ।

सबैभन्दा पहिला उनले एक भुसिया कुकुरमा चिनीको प्रयोग गरी घाउ निको पार्न परीक्षण गरेका थिए जुन सफल भएको थियो । उनले चिनी मात्र नभएर महको प्रयोगले पनि जनवारको शरीरमा लागेको घाउ निको पार्ने काम गर्दछन् ।
यसविषयमा  ब्रिटेनका वैज्ञानिक शीला म्याक्निलले पनि रिसर्च गरिरहेका छन् । उनका अनुसार प्राकृतिक तरिकाले बनाइएका चिनीको मद्दतले शरीरका कोशिकाहरुको उत्पादन तथा वृद्धिमा तिव्रता हुन गइ घाउ पुरिनमा मद्दत पुग्दछ । 

Last modified on 2018-05-09 15:27:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts