लुपस दिवसका अवसरमा नेपाल नेशनलको वृहत्त कार्यक्रम



Download our app to get more features

काठमडौं,२८ वैशाख । विश्व लुपस दिवसका अवसरमा नेपाल नेशनल अस्पतालले कलंकीमा वृहत्त जनचेतना कार्यक्रम तथा निशुल्क लुपस परीक्षण शिविर आयोजना गर्यो ।

कार्यक्रममा वाथरोग विशेषज्ञ डा. दिपा शाह, चर्म तथा यौन रोग विशेषज्ञ डा. प्रविण ढकाल, मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाले लुपसरोगका बारेमा जानकारी गराउँदै यस रोगका बारेमा नेपालमा धेरैजना अनभिज्ञ रहेकोले व्यापक जनचेतनाको खाँचो रहेको औल्याउनुभयो ।

लुपस सोसाइटी अफ नेपालकी अध्यक्ष बबिता बुढाथोकीले यस रोगका विषयमा आफ्नो अनुभव तथा धारणा व्यक्त गर्दै भविष्यमा नेशनल अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताएकी थिइन् । शिविरमा १४ देखि ७१ वर्षका  २ सय ८९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । मे महिनाको १० तारिखलाई विश्वभर लुपस दिवसका रुपमा मनाउने गरिन्छ ।  
 

Last modified on 2018-05-18 11:34:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts