ब्लू क्रस र आइएमइ इन्सुरेन्सबीच क्यास लेस स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता 



Download our app to get more features

काठमाडौं, ३० वैशाख । त्रिपुरेश्वर–११ स्थित ब्लू क्रस हस्पिटल र आइएमइ जनरल इन्सुरेन्सबीच हस्पिटलले दिने स्वास्थ्य सेवामा क्यास लेस भुक्तानी गर्ने सम्झौता भएको छ । हस्पिटल र इन्सुरेन्सबीच २८ वैशाखमा यस्तो सम्झौता भएको हो ।  
ब्लू क्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापक सदस्य–सचिव रजत श्रेष्ठ, प्रशासकिय तथा लेखा प्रबन्धक, सती गौतम र इन्सुरेन्सका तर्फबाट असिस्टेन्ट जनरल म्यानेजर पवन थापा, उपमा जोशीबाट सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 
सम्झौंतापछि बिरामीले अब क्यास लेस सेवा प्राप्त गर्न सक्ने हस्पिटलका प्रशासकिय तथा लेखा प्रवन्धक गौतमले जानकारी गराएकी छिन् । 

 

Last modified on 2018-05-18 11:33:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts