विराट मेडिकल कलेजले दलितलाई उपचारमा सहुलियत दिने



Download our app to get more features

विराटनगर, ३० वैशाख  / मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले दलित सामुदायलाई उपचारमा छुट दिने भएको छ । 
बुढीगंगा गाउँपालिकामा रहेको दलित सामुदायलाई विभिन्न प्रकारको उपचारमा छुट दिने अस्पतालले घोषणा गरेको हो । समाज विकास केन्द्र नेपालको सहकार्यमा उक्त हस्पिटसँग सहकार्य भएको थियो । समाजको तर्फबाट कपिल सुनुवार र अस्पतालको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

हस्पिटलले विभिन्न प्रकारको उपचारमा सहुलियत दिने विराटनगरमा आइतबार कार्यक्रम गरेर जानकारी दिएको हो । दुवै पक्षबीच भएको सम्झौतामा ओपिडी र बेड निःशुल्क रहेको छ । त्यस्तै ल्याव तथा अन्य परीक्षण १७.५ प्रतिशत, अलट्रासाउण्ड र सीटी स्याकनमा २८.५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २८.५ प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष कार्कीले जानकारी दिए ।
उपचारमा सहुलियत कार्डको सम्झौता गरेको पत्र संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री लालबावु पण्डित, हस्पिटलका अध्यक्ष कार्की, समाजको अध्यक्ष सुनवार, समाजसेवी गोपाल कटुवाल मिलेर कार्यक्रम सार्वजानिक गरेका थिए ।  कार्यक्रममा बोल्दै मन्त्रीले स्वस्थ्यको पहुँचभन्दा टाढा रहेका दलित सामुदायहरुको उपचारमा यस्तो कार्यक्रम आवश्यक रहेको बताए । 

Last modified on 2018-05-18 11:32:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts