स्टार हस्पिटलले ल्यायो: एक महिने स्टार भ्रमण योजना



Download our app to get more features

काठमाण्डौ, ३ जेठ । ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले आफ्ना विभिन्न सेवाका बारेमा जानकारी दिनजेठ महिनाभर स्टार भ्रमण महिनामनाउने योजना ल्याएको छ । 

स्टार हस्पिटलबारे सर्वसाधारणलाई जानकारी दिन “स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ” भन्ने नाराका साथ जेठ महिनाभर यो योजनाल्याइएको अस्पतालका प्रमुख परिचालन अधिकृत डा. सन्देश जिसीले जानकारी दिए । 

यो महिनामा अस्पतालमा आउने सेवाग्राही तथा सर्वसाधारणलाई अस्पतालमा उपलब्ध सेवा सुविधाको बारेमा जानकारी गराइने छ । साथै योजना अवधिभर आउने सेवाग्राहीलाई होल बडी चेक लगायतका परीक्षण प्याकेजहरुमा सहुलियत पनि प्रदान गरिने अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए । 


 

Last modified on 2018-05-18 11:31:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts