उच्च रक्तचापका बिरामीले हस्तमैथुन नगरेकै राम्रो



Download our app to get more features

एजेन्सी,५ जेठ । हस्तमैथुनलाई यौन जीवनको अभिन्न अंगको रुपमा लिने गरिन्छ ।

तर के उच्चरक्तचाप भएको बेला हामी हस्तमैथुन गर्न सक्छौं त ? के तपाईलाई यो लाग्छ की उच्च रक्तचाप भएको बेला हस्तमैथुन गर्दा कुनै समसस्या झेल्नुपर्ने त होइन । यहाँ हस्तमैथुन र उच्चरक्तचापबीच कस्तो सम्बन्ध छ त ? भन्नेबारेमा चर्चा गरिएको छ ।

क्रियाकलापले रक्तचाप बढ्ने गर्दछ :
एक स्वस्थ व्यक्ति जब हस्तमैथुन गरेर चरम उत्कर्षमा पुग्दछ तब उसको रक्तचाप पनि स्वभाविक रुपमा बढ्ने गर्दछ । जब तपाई सेक्स वा हस्तमैथुन गर्नुहुन्छ तब त्यहि हर्मोन रिलिज हुने गर्दछ छ ,जुन हर्मोन तपाईलाई तनाव भएको बेला पनि रिलिज हुने गर्दछ । यहि कारणले गर्दा पनि व्यक्तिले सेक्स वा हस्तमैथुन गर्दा रक्तचाप बढ्ने गर्दछ । यति मात्र नभएर मुटुको चाल पनि यो बेला बढ्ने गर्दछ । यौनसम्पर्क गरेको वा हस्तमैथुन गरेको १० मिनेटसम्म पनि व्यक्तिको रक्तचाप उच्च नै रहेको हुन्छ ।

के हस्तमैथुन रक्तचाप वृद्धि गराउनेमध्येको एक कारण हो :
हस्तमैथुनलाई रक्तचापको कारण मानिदैन् ।यद्यपी हस्तमैथुन गरेको  केहीबेरसम्म भने रक्तचाप उच्च नै रहने गर्दछ । तर यदि तपाई उच्चरक्तचापको बिरामी हुनुन्छ भने हस्तमैथुन ट्राई नगरेकै उत्तम । 

यदि तपाईलाई उच्च रक्तचापको विषयमा जानकारी छैन् भने :
यदि तपाइमा उच्च रक्तचापको समस्या छ तर तपाईलाई यो विषयमा जानकारी छैन् भने तपाइ उच्च जोखिममा हुनुहुन्छ । यस्तो अवस्थामा हस्तमैथुन वा उच्च उत्कर्षमा सेक्स गरिएका व्यक्तिमा कार्डियक अरेस्ट, स्टा«ोक, हृदयघात वा भास्कुलर घात हुन सक्ने संभावना उच्च रहन्छ ।

तपाई यसो गर्नुहोस् :
माथि उल्लेखित कुराबाट डराइहाल्नुपर्देन् । यसप्रकारका घटना निकै कम मात्रामा हुने गर्दछन् । डराउनुभन्दा बर आफ्नो दैनिकीमा धेरै भन्दा धेरै शारीरिक क्रियाकलाप गर्नतर्फ ध्यान दिएमा तपाईलाई फाइदा हुन सक्दछ ।

(नवभारत टाइम्सबाट)


 

Last modified on 2018-05-20 09:27:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts